Techie IT
२०८१ असार २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति


काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमति भएको छ ।

लामो छलफल र गृहकार्यपछि गएराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली र डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने नेताहरुले बताएको छ । नेताका अनुसार निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने सहमति पनि भएको छ ।

आयोगले दिने सुझावका आधारमा संविधान संशोधन गर्ने र राजनीति स्थायित्व हुने गरी निर्वाचन प्रणाली सुधार गर्ने नेताहरुको भनाइ छ । सहमतिअघि देउवा र ओलीले राति नै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । कांग्रेस र एमालेबीच सहमतिपछि प्रधानमन्त्री पुष्पकमल प्रचण्ड नेतृत्वको सरकार विघटनको हुने निश्चित भएको छ ।

नयाँ सत्ता समीकरणका लागि देउवा र ओलीबीच केही दिनदेखि शृंखलाबद्ध छलफल भइरहेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमालेले उनलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको दाबी छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । महाधिवेशनमा केन्द्रीय कमिटी

ललितपुरबाट सुन, सुन गाल्ने मेशिन र ५० लाख नगदसहित ५…

काठमाडौँ । अवैध सुन कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले पाँच जनालाई पक्राउ गरेको छ । ललितपुर उपमहानगरपालिका–१४

राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

काठमाडौँ । राष्ट्रिय सभाबाट आउँदो आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारमाथिको

‘गरिबका छोराछोरी मात्रै सामुदायिक विद्यालयमा पढ्छन् भन्ने होइन’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेता र पहुँच हुनेका सन्तान निजी विद्यालयमा पढ्ने गरेको बताएकी छन्

सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेद्वारा संसद्लाई जानकारी

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ । पार्टी

Techie IT