Techie IT
२०८१ असार २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनरन्जिता श्रेष्ठ लाई संसदीय दलको नेताबाट हटाइयो

रन्जिता श्रेष्ठ लाई संसदीय दलको नेताबाट हटाइयो


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटाइएकी छन् । बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले आइतबार श्रेष्ठलाई हटाएर प्रमुख सचेतक गंगाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । बर्दिया– २ बाट निर्वाचित लालवीर रेशम चौधरीका बुवा हुन् ।

संसदीय दलको नेता परिवर्तन गरेको कुरा औपचारिक रूपमा संसद सचिवालयलाई जानकारी गराउन बाँकी रहेको नाउपाले जनाएको छ । दल नेतामा चयन भएका गंगा चौधरीले उक्त निर्णयबारे सचिवालयलाई सोमबार जानकारी गराइने बताए ।

गत फागुनमा संघमा राजनीतिक समीकरण फेरिएपछि नागरिक उन्मुक्ति पार्टीभित्र सरकारमा सहभागिताको विषयलाई लिएर अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद थियो ।

श्रेष्ठ नयाँ समीकरणलाई सघाउने र चौधरी कांग्रेससहितको समीकरणको पक्षमा उभिएका थिए । सोही विवादकाबीच श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी थिइन् ।

विवादकै कारण सुदूरपश्चिममा समेत प्रदेश सभा सदस्यहरू विभाजित छन् । रञ्जिता पक्षका कैलाश चौधरी र टीका थापा सरकारमा सहभागी भएका बेला रेशम पक्षका अन्य पाँच जना भने कांग्रेससँगै प्रतिपक्षी बेन्चमा बसेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘तै चुप मै चुप’को निर्माण घोषणा

काठमाडौँ । पोलिटिकल कमेडी चलचित्र ‘तै चुप मै चुप’को निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको

क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल सम्पन्न

काठमाडौंँ । अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेता/अभिनेत्री २०२४ घोषित भएका छन् । बुधबार सम्पन्न ‘क्यानडा नेपाल

सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै

काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैछ । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ

पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड…

काठमाडौँ । सयौँ वर्षदेखि नेपालीहरूको बसोबास रहँदै आएको हङकङमा चलचित्र ‘पुजार सार्की’ले रेकर्ड ब्रेक गरेको बताइएको छ। आइतबारको प्रदर्शनको लागि

१० वर्ष अघिको सफल गीत ‘कलेजी कटाउन्या माया’को नयाँ भर्जनमा…

काठमाडौं । मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’ सार्वजनिक भएको छ। नेपमेलोको

कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का

काठमाडौँ । कमेडी च्याम्पियन सिजन– ३ का विजेता सुनिल खड्का बनेका छन् । शनिबार भएको ग्रान्ड फिनालेमा खड्का विजेता बनेका

Techie IT