Techie IT
२०८१ असार २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालदाङमा आमा साक्षरता अभियान

दाङमा आमा साक्षरता अभियान


दाङ । तुलसीपुर उपमहानगरपालिका–९ की हीरा जैसी घरायसी काममा नै धेरै व्यस्त हुनुपर्छ । उहाँको दैनिकी चुलोचौकोसँगै भैँसी पाल्ने, घास काट्नेजस्ता काममै बित्ने गर्छ । ‘हामी सधै‌ँ चुलोचौकोमै सीमित भयौँ, तर अब यसरी सीमित हुने छैनौँ’, उहाँले भन्नुभयो, ‘गाउँमा कसैलाई अप्ठेरो परेपछि पनि न्यायिक निकायमा गएर न्यायका लागि आवाज उठाउने छौँ ।’

त्यस्तै तुलसीपुर–७ की टीकाकुमारी गौतम पनि कानुनी ज्ञान पाएपछि गाउँमा कसैलाई अप्ठेरो पर्दा न्यायको ढोका ढकढक्याउन जान सक्ने भएको बताउनुहुन्छ । उहाँले आँखै अगाडि महिला हिंसा, घरेलु हिंसा हुने गरेको भए पनि सहेर बस्नुपर्ने अवस्था रहेको जनाउँदै अब त्यसो हुन नदिने बताउनुहुन्छ । ‘आँखै अगाडि कति हिंसा हुने गर्छन्’, उहाँले भन्नुभयो, ‘अब हामीले त्यसको प्रतिवाद गर्न सक्ने भएका छौँ ।’

तुलसीपुर उपमहानगरद्वारा सञ्चालित कानुनी साक्षरतासम्बन्धी जानकारी आमाहरूलाई दिएपछि उनीहरू यसरी सचेत हुन थालेका हुन् । तुलसीपुर–१९ वडाका एक हजार बढी आमालाई कानुनी ज्ञान दिएको मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले बताउनुभयो । आमा साक्षरता अभियानअन्तर्गत आमाका लागि आवश्यक पर्ने विभिन्न खालका कानुनी कुरा सिकाइएको उहाँको भनाइ छ ।

घरेलु हिंसा हुँदा कसरी न्याय माग्ने, न्याय माग्न कहाँ जाने, स्थानीय न्यायिक समितिको भूमिकालगायतका विषयमा जानकारी दिइएको उहाँको भनाइ छ । ‘महिलामा कानुनी ज्ञान नहुँदा घरेलु हिंसा खेपिरहनुपरेको छ’, उहाँले भन्नुभयो, ‘यसलाई न्यूनीकरण गर्न पनि यो कार्यक्रम सञ्चालन गरिएको हो ।’ कलेजको सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम चलेको हो ।

आमालाई अधिवक्ता विजय पोख्रेल र सुष्मा केसीले कानुनी ज्ञान दिनुभएको थियो । सबै वडामा पुगेर यो कार्यक्रम सञ्चालन गरिएको हो । कलेजमा कानुन विषय अध्ययनरत विद्यार्थीले पनि कानुनी ज्ञान दिएका थिए । कलेजमा कानुनमा स्नातक (बीएएलएलबी) अध्यापन भइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुरबाट सुन, सुन गाल्ने मेशिन र ५० लाख नगदसहित ५…

काठमाडौँ । अवैध सुन कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले पाँच जनालाई पक्राउ गरेको छ । ललितपुर उपमहानगरपालिका–१४

राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

काठमाडौँ । राष्ट्रिय सभाबाट आउँदो आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारमाथिको

‘गरिबका छोराछोरी मात्रै सामुदायिक विद्यालयमा पढ्छन् भन्ने होइन’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेता र पहुँच हुनेका सन्तान निजी विद्यालयमा पढ्ने गरेको बताएकी छन्

सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेद्वारा संसद्लाई जानकारी

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ । पार्टी

विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गर्न सीडीओलाई गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । विपद्

Techie IT