Techie IT
२०८१ पुस ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलपेरिस पारा ओलम्पिकमा भीमबहादुर कुमालले पाए ‘वाइल्ड कार्ड’

पेरिस पारा ओलम्पिकमा भीमबहादुर कुमालले पाए ‘वाइल्ड कार्ड’


काठमाडौँ । नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारा ओलम्पिक २०२४ खेल्ने भएका छन् । पारा ओलम्पिक फ्रान्सको पेरिसमा अगस्ट २८ देखि सेप्टेम्बर ८ हुनेछ ।

वर्ल्ड पारा स्विमिङका प्रमुख क्रेग निकोलसनले नेशनल पारा ओलम्पिक कमिटी– नेपाललाई पत्र लेख्दै कुमालले पेरिस पारा ओलम्पिक खेल्ने जानकारी गराएको हो । भीमबहादुर पुरुष ५० मिटर फ्री–स्टाइल एस–९ विधामा ‘बाइपार्टी कमिसन’ मार्फत ‘वाइल्ड कार्ड’मा छनोट भएका पत्रमा उल्लेख छ ।

योसँगै नेपालबाट तीन जना खेलाडीले पेरिस पारा ओलम्पिक खेल्ने पक्का भएको छ । यसअघि पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन र भरतसिंह बहता छनोट भएका थिए । पलेशा एशियाली छनोट चरण पार गरेर छानिँदा भरतसिंह ‘वाइल कार्ड’ मार्फत छानिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

यू–१९ महिला क्रिकेट: आज नेपाल श्रीलंका भिडदै

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज (बिहीबार) नेपालले श्रीलंकाको सामना गर्दैछ । मलेसियाको बायुमास

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

काठमाडाैँ । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे

चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले चितवनलाई २१

एनपीएलकाे विजेताले १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाउने

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल

एसिसी यु १९ महिला एसिया कपमा नेपाल सुपर ४ मा

काठमाडाैँ । १९ वर्षमुनिकाे महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे छ । नेपालले

यू-१९ महिला एसिया कपमा नेपालले आज भारत सँग खेल्दै

काठमाडौं । उन्नाइस वर्ष मुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज (मंगलबार) भारत सँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपालले

Techie IT