Techie IT
२०८१ असार २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन१० वर्ष अघिको सफल गीत ‘कलेजी कटाउन्या माया’को नयाँ भर्जनमा कविता, जोन र चक्र

१० वर्ष अघिको सफल गीत ‘कलेजी कटाउन्या माया’को नयाँ भर्जनमा कविता, जोन र चक्र


काठमाडौं । मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’ सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युटउब च्यानल ‘नेपमेलो’ बाट सार्वजनिक गरिएको हो।

भिडियाेमा कविता, जोन र चक्रको हृदयस्पर्सी प्रेम र बिछोडकाे कथा छ।लामो समयदेखि सक्रिय रहि काम गर्दै आइरहेकी मोडल कविता न्यौपानेले म्युजिक भिडियाेकाे दुनियाँमा आफ्नो छुट्टै छाप छाडेकी छिन। उनले अहिलेसम्म थुप्रै चल्तीका कलाकारसंग दर्जनौं म्युजिक भिडियाेहरुमा काम गरिसकेकी छिन। ‘कलेजी कटाउन्या माया’ मा पनि कविताले साच्चिकै लोभलाग्दो र प्रशंसायोग्य काम गरेकी छिन। त्यस्तै, जोन र चक्र बम पनि अहिलेका चर्चित मोडल हुन। चक्र भने मोडल संगसंगै गायनमा पनि सक्रिय छन।

हामीले चलचित्र वा सिरिज आउनु अघि टिजर सार्वजनिक गरेको त देख्दै आएका छौ। म्युजिक भिडियाेकाे हकमा भने यो चलन खासै देखिदैन। तर यो गीतको भने चार दिन अघि टिजर सार्वजनिक गरिएको थियो। ४० सेकेन्डको मर्मस्पर्शी टिजरले दर्शकमा कौतुहल जगाउन सफल भएको थियो।

गायकद्वय महेश कुमार औजी र बादल थापाको स्वर रहेको यो गीत र भिडियाे साच्चैँ नै कलेजी काट्ने खालको छ । भिडियाेमा कलाकारहरुको काम तारिफयोग्य छ। यो गीत आजभन्दा करिव १० वर्ष अगाडी गायक तथा संगीतकार महेश कुमार औजीले बजारमा ल्याएका थिए। सार्वजनिक भएपछि गीतको खुबै चर्चा भयो। विशेषगरी, सुदुरपश्चिमका ९ जिल्लाहरुमा यो गीतले तहल्का मच्चायो । गीतले दर्शकको अपार सफलता र माया पाएपछी गायक महेश कुमार औजी र बादल थापाले सोही गीतलाई अहिले नयाँ भर्जनमा ल्याएका हुन। गीतमा शब्द र संगीत महेश स्वयंले भरेका छन। यो गीतलाई पनि दर्शकले मन पराउने र उस्तै साथ दिनेमा महेश र बादल विश्वस्त छन।

कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोमा कलाकारदेखि निर्माण टिमको मेहेनत झल्किन्छ। निर्माण टिमका अनुसार भिडियाे दुई दिनको यात्रा तय गरेर ढोरपाटन आरक्षण भित्र खिचिएको हो। भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका छन् । भिडियोको निर्देशन भने पछिल्लो समयका व्यस्त निर्देशक शान थापाले गरेका छन् । भिडियाेको कन्सेप्ट पनि शानकै हो। निर्देशनमा शानलाई राजीव समरले असिस्ट गरेका छन।

त्यसै गरी, मारुनी स्टुडियाेमा रेकर्ड गरिएको गीतमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ,सरिता मगरको मेकअप, अनुस्का डिसिको पहिरन, टाैवा कृयसनको पोस्ट डिजाईन र बुद्ध थापाको सिनेमाटाेग्राफी छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल सम्पन्न

काठमाडौंँ । अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेता/अभिनेत्री २०२४ घोषित भएका छन् । बुधबार सम्पन्न ‘क्यानडा नेपाल

रन्जिता श्रेष्ठ लाई संसदीय दलको नेताबाट हटाइयो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटाइएकी छन् । बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले आइतबार

सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै

काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैछ । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ

पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड…

काठमाडौँ । सयौँ वर्षदेखि नेपालीहरूको बसोबास रहँदै आएको हङकङमा चलचित्र ‘पुजार सार्की’ले रेकर्ड ब्रेक गरेको बताइएको छ। आइतबारको प्रदर्शनको लागि

कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का

काठमाडौँ । कमेडी च्याम्पियन सिजन– ३ का विजेता सुनिल खड्का बनेका छन् । शनिबार भएको ग्रान्ड फिनालेमा खड्का विजेता बनेका

न्युर्याेकमा कन्सर्ट गर्दै गायक सुशान्त

काठमाडौँ । चर्चित गायक सुशान्त केसीले अमेरिकाको न्युर्याेकमा दर्शक नचाउँने भएका छन् । न्युर्याेकस्थित टाइम्स् स्क्वारको प्लाडिनियममा आगामी २० जुलाई

Techie IT