Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनज्याकी भन्छन्ः ३८ जनाले ३ वटा शौचालय प्रयोग गर्थे, हिरो बनेपछि छुट्टै ट्वाइलेट दिए

ज्याकी भन्छन्ः ३८ जनाले ३ वटा शौचालय प्रयोग गर्थे, हिरो बनेपछि छुट्टै ट्वाइलेट दिए


एजेन्सी । ज्याकी श्राफले हालै एक अन्तर्वार्तामा आफ्ना विगतका दिनहरू सम्झाए । ३८ जनाले जम्मा ३ वटा साझा शौचालय मात्र चलाउने गरेको ठाउँमा उनी बस्थे ।

तर, जब ज्याकीका फिल्महरू सुपरहिट भए र उनी चर्चित नायक बने, त्यहाँका मानिसहरूले उनलाई एउटा निजी शौचालय दिए जुन ज्याकीले मात्र प्रयोग गर्थे ।

मुकेश खन्नालाई दिएको एक अन्तर्वार्तामा ज्याकीले सुरुका दिनहरूबारे भने, “जब निर्माताहरू मलाई मेरो घरमा भेट्न आउनुहुन्थ्यो, हामीले ठाउँ बनाउनुपर्थ्यो । हामी दुईवटा बाकसहरू एकसाथ राखेर उनीहरूलाई बस्ने ठाउँ बनाइदिन्थ्यौं र एउटा बाकसलाई टेबुलको रूपमा प्रयोग गर्थ्यौं । त्यहाँ बस्दा अगाडि मरिन ड्राइभ, पछाडि मेरो घर र छेउमा मेरो बाथरुम देख्थे ।”

ज्याकीले थपे, “हामीसँग ७ कोठा र ३ वटा शौचालय थिए । यी खोलीमा जम्मा ३८ जना बस्थे । बिहानैदेखि शौचालय जान लाइनमा बस्नुपरेको थियो । मलाई सुटिङमा जान हतार हुन्थ्यो तर पर्खनुको विकल्प थिएन । पछि जब मेरा फिल्महरू हिट भए, उनीहरूले मलाई निजी शौचालय दिए । यसो गर्नाले अरु सबैको कष्ट झन् बढ्छ भनेर मैले पर्दैन पनि भनेँ । तर सबैले तिमी हाम्रो नायक हो भन्दै मलाई निजी शौचालय दिए ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT