Techie IT
२०८१ असार १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालपार्टी अध्यक्षमा मेरो दावी कायमै छः झलनाथ खनाल

पार्टी अध्यक्षमा मेरो दावी कायमै छः झलनाथ खनाल


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्षको रुपमा आफ्नो दावी कायमै रहेको बताएका छन् ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा अध्यक्षको दावेदारी छाडेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो दावी कायमै रहेको बताएका हुन् । उनले सहमतिका साथ नेतृत्व चयनका लागि आफुले पार्टीका नेताहरुसंग छलफल गरिरहेको जिकिर गरे ।

पार्टी नेतृत्वका लागि आफ्नो नाममा सहमति नहुने कुनै कारण नरहेको उनले बताए । बुधबार महासचिव घनश्याम भुसाललाई खनालले अध्यक्षमा समर्थन गर्ने समाचार आएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको बिषयमा बिभिन्न नेताहरुको नाममा चर्चा हुँदै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोशी नदीमा पानीको सतह खतराको तहमा पुग्यो

काठमाडौँ । देशका धेरै ठाउँमा पानी परिरहेको छ । ठूलो वर्षा भइरहेका धनुषा, कैलाली, सिन्धुपाल्चोक, बर्दीयालगायतका जिल्लाका खोला र नदीमा

यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो वर्ष आफू प्रधानमन्त्री बन्छु जस्तो नलागेको बताएका छन् । सोमवार सङ्घीय

राष्ट्रिय परिचय पत्र बनाउन छुटे पनि नागरिकले राज्यबाट सेवा सुविधा…

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचय पत्र बनाउन छुटे पनि नागरिकहरूले राज्यबाट सेवा सुविधा पाउने बताएका छन्

५ नक्कली कम्पनी खडा गरेर ३२ क्विन्टल सुन तस्करी: सीआईबी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी गर्ने समूहले नक्कली कम्पनी खडा गरेर झण्डै ३२ क्विन्टल सुन

दाङमा आमा साक्षरता अभियान

दाङ । तुलसीपुर उपमहानगरपालिका–९ की हीरा जैसी घरायसी काममा नै धेरै व्यस्त हुनुपर्छ । उहाँको दैनिकी चुलोचौकोसँगै भैँसी पाल्ने, घास

युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता

Techie IT