Techie IT
२०८१ कात्तिक २, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालअनसनरत रुवि खानसँग सरकारको पाँच बुँदे सहमति

अनसनरत रुवि खानसँग सरकारको पाँच बुँदे सहमति


काठमाडौँ । सरकारी वार्ता टोली र अनसनरत रुवी खान नेतृत्वको वार्ता टोलीबीच पाँच बुँदे सहमति भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयमा हिजो भएको वार्तामा खान नेतृत्वको टोलीसँग सरकारी वार्ता टोलीले पाँचबुँदे सहमति गरेको हो ।

बाँकेमा निर्मला कुर्मी र सुमदरानी थारुले ज्यान गुमाएको घटनामा विभिन्न माग राखी खानको नेतृत्वमा अनसन हुँदै आएको थियो । सहमतिपत्रमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित अनुसन्धानलाई प्राथमिकताका साथ यसअघि गठित विभिन्न छानबिन समितिका प्रतिवेदनसमेतको अध्ययनरविश्लेषण गरी कानुनबमोजिम निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने उल्लेख छ ।

यस्तै सुमदरानी थारुको घटना सम्बन्धमा बाँके जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएका आरोपितलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन भइरहेका काम कारबाहीमा पीडितलाई कानुनबमोजिम दिन मिल्ने प्रगति ब्यहोरा अद्यावधिक गराइदिन नेपाल प्रहरी प्रधान कार्यालयमार्फत् जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने सहमति भएको छ ।

यस्तै बाँके जिल्ला प्रहरी कार्यालयबाट भइरहेको अनुसन्धानलाई प्रभावकारी बनाउन गर्नुपर्ने सहजीकरण, नियमित सुपरीवेक्षण तथा निगरानी गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई लेखी पठाउने, यसमा आन्दोलनरत पक्ष र निजको परिवारको उचित एवम् प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय, बाँकेमा लेखी पठाउने सहमतिपत्रमा उल्लेख छ ।

सहमतिसँगै आन्दोलन हिजोदेखि नै अन्त्य भएको छ । गृहमन्त्री लामिछानेले जुस खुवाएसँगै खानले अनसन तोडेकी हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम

सिन्धुपाल्चोक । ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा २८ मिनेटमा दौड पूरा गर्दै प्रथम भएकी छिन् ।

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि गेष्टहाउस सञ्चालक पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि फरार रहेका गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको टोखा नगरपालिका २६ नयाँबसपार्कमा

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नु परेकाले

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषदको बैठक शुक्रबार बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बस्ने बैठक साँझ ५ बजेका

उपचुनावका लागि निर्वाचन अधिकृतको कार्यालय तय

काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि निर्वाचन अधिकृतको कार्यालय रहने ठाउँ तोकेको छ ।

घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतले

Techie IT