Techie IT
२०८१ असार १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराजदूत बन्न रास्वपाले तयार पार्यो ६ मापदण्ड

राजदूत बन्न रास्वपाले तयार पार्यो ६ मापदण्ड


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजदूत नियुक्तिको मापदण्ड तयार पारेको छ । शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’तयार पारेको हो ।

कार्यदलले तयार पारेर पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरेको प्रतिवेदनमा राजूतका लागि ७ मापदण्ड उल्लेख गरिएको छ । भागबन्डामा दुई देशका लागि राजदूत पाएको रास्वापले मापदण्ड पुगेका इच्छुकले राजदूतका लागि अनलाइन फारम भर्न सक्ने जनाएको छ ।

पहिलो मापदण्डमा नेपालको संविधान, प्रचलित काननू , तथा राजदतू नियक्तिसम्बन्धी निर्दैशिकाले तोकेको व्यक्ति हुनुपर्ने रहेको छ । जसमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिनेगरी सेवाबाट बर्खास्त नभएको, विदेशी मुलुकको स्थायीरअस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेको हुनुपर्नेछ ।

त्यस्तै भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, नियक्त हुने मुलुकमा कुनै प्रकारको हित बाझिने अवस्था नरहेको हुनुपर्नेछ ।

नियुक्ति हुँदाका बखत कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरतर्य नरहेको, कालोसूचीमा नपरेको, लाभको पद धारण गरी वा नगरी विदेशी राष्ट्रले नियक्त गरेको जिम्मेवारीमा कार्यरत व्यक्ति भए सोबाट अवकास लिएको १० वर्ष पूरा भएको हुनुपर्नेछ । त्यस्तै रास्वपाले अन्य योग्यता पनि निर्धारण गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको मुल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार सुनको मुल्य तोलामा एक सयले बढेर तोलाको

प्रचण्डलाई राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । मंगलबार बिहान

कोशी नदीमा पानीको सतह खतराको तहमा पुग्यो

काठमाडौँ । देशका धेरै ठाउँमा पानी परिरहेको छ । ठूलो वर्षा भइरहेका धनुषा, कैलाली, सिन्धुपाल्चोक, बर्दीयालगायतका जिल्लाका खोला र नदीमा

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमति भएको छ । लामो छलफल र

इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ सैनिक घाइते

काठमाडौँ । इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा आइतबार भएको ड्रोन आक्रमणमा परी १८ जना इजरायली सैनिक घाइते भएका छन् भने

ओलीसँगको भेटबारे देउवाले भनेः हाम्रो सम्बन्ध सुमधुर भएको छ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सम्बन्ध सुमधुर भएको बताएका छन् ।

Techie IT