Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठUKयुकेका ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा ‘पुजार सार्की’ रिलिज

युकेका ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा ‘पुजार सार्की’ रिलिज


काठमाडौँ । गत जेठ १० गते नेपालमा रिलिज भई सफलताका साथ पाँचौँ हप्तामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘पुजार सार्की’ संयुक्त अधिराज्य (युके)मा रिलिज भएको छ । जुन २१ शुक्रवार रिलिज भएको यो चलचित्र युकेका ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा रिलिज भएको हो ।

युकेका सहरहरू बेसिङस्टोक, बर्मिङ्घम न्यू स्ट्रिट, गिल्डफोर्ड, लिसेस्टर, म्यानचेस्टर ग्रेट नर्दन, एल्डरशट, इलफोर्ड, फेल्दम लगायतका ओडियन र सिनेवर्ल्ड हलमा दैनिक रूपमा ‘पुजार सार्की’ हेर्न सकिन्छ । यसरी बक्स अफिसमा नै संसारभरका चलचित्रहरू सँगै युकेमा नेपाली चलचित्र रिलिज कमै हुने गरेका छन् ।

चलचित्रका निर्माता सुबास भुसालले युकेमा नेपाली चलचित्रको लागि ‘पुजार सार्की’को रिलिज ऐतिहासिक रहेको बताए । उनले भने, ‘हामीले अहिले नेपालसँगै संसारभरका नेपालीहरू रहेका सहरहरूमा ुपुजार सार्कीु विभिन्न तवरबाट प्रदर्शन गरिरहेका छौँ । युकेमा समेत बक्स अफिसमा रिलिज भएको छ, यो नेपाली चलचित्रको लागि ऐतिहासिक हो ।’

त्यस्तै, संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरूमा पनि यो चलचित्र बक्स अफिसमा नै रिलिज भइरहेको छ भने अन्य मुलुकहरूमा पनि चलचित्र प्रदर्शन भइरहेको छ । यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार एमएसएम इन्टरटेन्मेन्टले लिएको छ ।

दिनेश राउतले निर्देशन गरेको यस चलचित्रमा विकास सुवेदीको लेखन रहेको छ भने आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘होस्टेल–३’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त

यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड सम्पन्न

काठमाडाैँ । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनको सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित

हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक

काठमाडौँ । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् । गायक हिमाल श्रेष्ठले यो गीतको

चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा आएको छ । हिमाली सौन्दर्य र संस्कृतिको कथावस्तुलाई समेटेर बनेको यो चलचित्र नेपाली सिनेमामा

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्वाईं साव’को गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । चलचित्र

कलाकार सुलेमान शंकर इकु पक्राउ

काठमाडौँ । कलाकार सुलेमान शंकर इकु पक्राउ परेका छन् । कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा

Techie IT