Techie IT
२०८१ असार २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालजाजरकोटमा बाढीले बगाउँदा शिक्षकको मृत्यु, छ जना घाइते

जाजरकोटमा बाढीले बगाउँदा शिक्षकको मृत्यु, छ जना घाइते


काठमाडौँ । जाजरकोटमा खोलामा बाढीले बगाउँदा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ ।

वर्षाका कारण बाढीले बगाउँदा जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका हुन् ।

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिए । मृतक रोकाय कुशे गाउँपालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक रहेको बताइएको छ ।

यस्तै बाढीमा परेर घाइते भएका कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे– १ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउनेको उद्धार गरिएको जनाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । मेयर महर्जनलाई बाढीपहिरो पीडितका नाममा

युरोप र अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ भारतीय नागरिक…

काठमाडौँ । दर्ता नै नगरी मेनवापर सञ्चालन गरी ठगी गर्न खोज्ने दुई भारतीय नागरिकलाई नेपाल प्रहरीको टोलीले पक्राउ परेको छ

सरकारले तयार पार्‍यो एआईको प्रयोगसम्बन्धी अवधारणापत्र

काठमाडौँ । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । एआई सम्बन्धी आवश्यक नीति

कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च सतर्कता

काठमाडौँ । सप्तकोशी नदीमा बहाव बढेसँगै सुनसरी र सप्तरीका स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् । जुनकुनै समयमा

काठमाडौँ महानगरमा ४ हजार ६२४ विद्यार्थीले कक्षा ११ को छात्रवृत्ति…

काठमाडौँ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत शिक्षण संस्थाहरुमा, यस बर्ष कक्षा ११ का लागि ४ हजार

दाङको बबई नदीमा एक महिला बेपत्ता

दाङ । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका– १४ की २०

Techie IT