एजेन्सी । सुपरस्टार प्रभास र कृति सेननको फिल्म ‘आदिपुरुष’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् ।
फिल्म आगामी साता अर्थात १६ जुनमा हलमा रिलिज हुनेछ ।
अर्थात् अब आदिपुरुष रिलिज हुन एक साताभन्दा कम समय बाँकी छ ।
ओम राउत निर्देशित आदिपुरुष भारतमा मात्र नभएर विदेशमा पनि लोकप्रिय बनेको छ ।
फिल्मको रिलिजअघि नै सम्पूर्ण स्टारकास्ट प्रमोशनमा व्यस्त छन् ।
भारतमा ‘आदिपुरुष’ को अग्रिम बुकिङको जानकारी सामाजिक सञ्जालमा शेयर गरिएको छ ।
फिल्म निर्माता भूषण कुमारले आधिकारिक इन्स्टाग्राम खातामा पोस्ट सेयर गर्दै आदिपुरुषको अग्रिम बुकिङको जानकारी दिएका हुन् ।
प्रभासको फिल्म आदिपुरुषको विदेशमा अग्रिम बुकिङ सुरु भएको छ । फिल्म रिलिज हुनुभन्दा ७ दिनअघि नै धेरै देशमा बुकिङ सुरु भइसकेको छ । केवल ८ स्थानमा उत्कृष्ट अग्रिम बुकिङ गरेर आदिपुरुषले १६ हजार डलर कमाएको छ । यसरी आदिपुरुषले केजिएफ च्याप्टर २ लाई पनि पछाडि छोडेको छ ।
केजीएफ ६ स्थानमा मात्रै रिलिज भएको थियो, जसले बुकिङबाट मात्रै २९ लाख डलर कमाएको थियो ।