Techie IT
२०८१ असोज ६, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘शिक्षा क्षेत्रमा रुपान्तरणको लक्ष्य लिइएको छ’

‘शिक्षा क्षेत्रमा रुपान्तरणको लक्ष्य लिइएको छ’


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रमा रुपान्तरणको लक्ष्य लिइएको जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले सो कुराको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले देशैभरी गम्भीरतासाथ शिक्षा क्षेत्रमा रुपान्तरण गर्ने लक्ष्य लिएको बताए । उनले शैक्षिक सूचकाङ्कमा पछाडि परेका मधेस प्रदेशमा शैक्षिक गुणस्तर सुधारका लागि सरकार गम्भीर रहेको स्पष्ट पारे ।

शिक्षातर्फ वित्तीय हस्तान्तरणमार्फत मधेश प्रदेशका स्थानीय तहमा २० अर्ब ४४ करोड बजेट व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले जुन शिक्षातर्फ स्थानीय तहमा दिइएको सशर्त अनुदानको १५ प्रतिशत भएको स्पष्ट पारे ।

विद्यालय भवन निर्माणका लागि वित्तिय हस्तान्तरण तर्फको २ अर्ब ५३ करोडमध्ये १ अर्ब २ करोड रकम मधेशका स्थानीय तहहरूका लागि छुट्टयाइएको जानकारी दिँदै उनले यसका अतिरिक्त आगामी आर्थिक वर्षको बजेटमा साक्षर भैसकेका स्थानीय तहका लागि आजीवन सिकाइ कार्यक्रममार्फत बजेट प्रवाह भएको उल्लेख गरे ।

“सरकारले मधेश मात्रै नभएर देशैभरी गम्भीरतासाथ शिक्षा क्षेत्रमा रुपान्तरणको लक्ष्य लिएको छ,” प्रधानमन्त्रीले भने, “जातीय, लैगिक लगायतका विभेदका कारण उपेक्षित तथा उत्पीडित समुदायको शिक्षामा पहुँच कायम गर्न छात्रवृति, दिवाखाजालगायत कतिपय विशेष कार्यक्रम कार्यान्वयनमा रहेका र आगामी आर्थिक वर्षको बजेटमा थप कार्यक्रमसमेत तर्जुमा गरिएका छन् ।” उनले शैक्षिक वातावरण सुधारका लागि समुदाय, राजनीतिक दल, नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहने भएकाले त्यसतर्फ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इक्यानले १५ औं शैक्षिक मेला आयोजना गर्दै

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले १५ औं शैक्षिक मेला आयोजना गर्ने भएको छ । इक्यानले सोमबार पत्रकार सम्मेलन

काठमाडाैँ महानगरद्वारा २ महिनामा १ सय १४ मन्दिर, १ सय…

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौँमा

काठमाडौँ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे नेपाल भ्रमणमा आएका छन् । राजापाक्षे पत्नीसहित भुटानको राजधानी थिम्पु हुँदै आज दिउँसो काठमाडौं

दुर्गा प्रसाईंलाई छोड्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ विरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पुगेको छ । प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणको

न्युयोर्कमा प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणा सहभागी हुने कार्यक्रम…

काठमाडौँ । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सहभागी हुने वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित भएको

साइबर अपराधको मुद्दामा दुर्गा प्रसाईं पक्राउ

भक्तपुर। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर अपराधको मुद्दामा पक्राउ पुर्जी जारी भएका प्रसाईंलाई साइबर व्यूरो र

Techie IT