Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालवेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुको भ्रमण

वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुको भ्रमण


काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुले भ्रमण गरेका छन् । बेलायतस्थित युनिभर्सिटी अफ वेस्टमिन्स्टरको सम्वन्धनमा ललितपुरको कुपण्डोलमा सञ्चालित वेस्टमिन्स्टर कलेजमा गत साता प्रतिनिधिहरुले भ्रमण गरेका हुन् ।

वार्षिक रुपमा हुने कलेजको गुणस्तर परीक्षणको प्रकृया अन्तर्गत प्रतिनिधिहरूले कलेजको शैक्षिक स्तरको समीक्षा गर्न सबै विभागका प्रमुख तथा विद्यार्थीहरुसँग छुट्टाछुट्टै छलफल तथा अन्तक्रिया गरि शैक्षिक शत्र सञ्चालन सफलतापूर्वक सम्पन्न भएकोमा प्रशंसा गरे । बिभिन्न चरणका छलफलहरूमा विद्यार्थी आदानप्रदान कार्यक्रमहरू, भविष्यका योजनाहरू, बेलायत र नेपालका विद्यार्थीहरुबीच सम्वन्ध विस्तार, पाठ्यक्रमको प्रस्तुतिकरण, र मूल्यांकनहरु सहितका विषयहरू उठेको थियो । प्रतिनिधिहरुले विभाग प्रमुख तथा विद्यार्थीहरुबाट प्राप्त प्रतिक्रियाहरु पनि संकलन गरेको छ ।

वेस्टमिन्स्टर कलेजले वेस्टमिन्स्टर युनिभर्सिटीले निर्धारण गरेको शैक्षिक मापदण्ड तथा नियमहरू पालना गर्दै आएको छ । यसै सन्दर्भमा, प्रतिनिधिहरुले ‘प्रोग्रेशन एण्ड अवार्ड बोर्ड’ पनि सम्पन्न गरेको छ ।

वेस्टमिन्स्टर युनिभर्सिटीका प्रतिनिधिहरूलाई कलेजमा फेरि स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै कलेज प्रमुख अरुणलाल जोशीले भन्नुभयो, ‘वेस्टमिन्स्टर युनिभर्सिटीले हामीलाई गरेको निरन्तर सहयोग र उपलब्ध गराएको अमूल्य स्रोतहरूको लागि हामी हृदयदेखि नै आभारी छौं । साथै, आगामी वर्षहरुमा यो साझेदारीलाई अझ बलियो बनाउन र पारस्परिक वृद्धिलाई बढावा दिन हामी तत्पर छौं ।’

वेस्टमिन्स्टर कलेजले न्यूनतम शुल्कमा चार वर्षे बीएससी (अनर्स) कम्प्युटर साइन्स र बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड फरेन्सिक्स विषयको पढाई सञ्चालन गर्दै आइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

Techie IT