गृहपृष्ठ ∕
नेपाल ∕
दुर्गा प्रसाईको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय दुर्गा प्रसाईको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय
काठमाडौँ । झापामा रहेको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय चिकित्सा शिक्षा आयोगले गरेको छ ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले अदालतको परमादेश अनुसार नै बीएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो ।
बीएन्डसीका विषयमा अदालतले परमादेश नै दिइसकेकाले सोही अनुसार निर्णय गर्ने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले बताए । प्रधानमन्त्रीले बिएन्डसीलाई सम्बन्धन दिनुपर्ने तर्क राखेपछि सदस्यले पनि सहमति जनाएको ती सदस्यले जनाकारी दिए ।
बालुवाटारमा मगलबार बसेको आयोगको १४ बैठकको प्रमुख एजेन्डा नै त्यही विषय थियो । बैठकमा आयोगका सह–अध्यक्षहरु स्वास्थ्य तथा जनससंख्या मन्त्री प्रदीप यादव र शिक्षा मन्त्री सुमना श्रेष्ठ पनि सहभागि थिए ।
सर्वोच्च अदालतले काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा जेठ २४ गते परमादेश जारी गर्दे १५ दिनभित्र सम्बन्धन दिन आदेश दिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।
इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार
म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका
काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू