Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना हुने

‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना हुने


काठमाडौंँ । चलचित्र निर्देशक समाजको प्रस्तुतिमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेश विराटनगरमा असार १८ र १९ (जुलाई २ र ३)मा हुने फेष्टिभल नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको हो ।

फेष्टिभलमा वि.सं २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र बृतचित्रले सहभागीता जनाउन सक्नेछन् । हिमाल, पर्यटन र कलासंस्कृतिसँग नजिक रहेका फिल्म फेष्टिभलको विशेष प्रथामिकतामा पर्नेछ । फेष्टिभलमा सहभागीता हुन चाँहने फिल्मले यहि असार ११ गते (जुन २५) भित्र आवेदन दिन सक्नेछन् ।

बिभिन्न राष्ट्रिय स्तरका कलाकर्मीको समेत सहभागीता रहने फेष्टिभलमा चलचित्र प्रदर्शन, चलचित्रको संवाद लगायतका बिभिन्न कार्यक्रम समेत आयोजना हुने फेष्टिभलको तयारी समेत सुरु भएको निर्देशक समाजका अध्यक्ष जनदीप पराजुलीले बताए ।

‘यो फेष्टिभल यसबर्ष कोशी प्रदेश विराटनगरमा आयोजना हुने भएपनि आगामी बर्षहरुमा हामीले देशभर लैजाने योजना बनाएका छौ’, पराजुलीले भने ‘फेष्टिभलले चलचित्र संस्कृतिको विकास गर्दै चलचित्र निर्माण र प्रदर्शनमा पनि सहयोग गर्नेछ ।’ फेष्टिभल भब्य र सब्य बनाउन आफुले कुनै कसुर बाँकी नराख्ने पराजुलीको धारणा रहेको छ ।

चलचित्र बिकास बोर्डको सहकार्य रहेको फेष्टिभलमा किङडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रुपमा जोडिएका छन् । फेष्टिभलमा सहभागीताका लागि फर्म निर्देशक समाजको कार्यालय अनामनगरबाट उपलब्ध हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘होस्टेल–३’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त

यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड सम्पन्न

काठमाडाैँ । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनको सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित

हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक

काठमाडौँ । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् । गायक हिमाल श्रेष्ठले यो गीतको

चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा आएको छ । हिमाली सौन्दर्य र संस्कृतिको कथावस्तुलाई समेटेर बनेको यो चलचित्र नेपाली सिनेमामा

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्वाईं साव’को गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । चलचित्र

कलाकार सुलेमान शंकर इकु पक्राउ

काठमाडौँ । कलाकार सुलेमान शंकर इकु पक्राउ परेका छन् । कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा

Techie IT