Techie IT
२०८२ वैशाख ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालनिमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण

निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण


काठमाडौँ । विश्वको सर्वोच्च शिखरको सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगिसकेको छ । यो बिचमा धेरै ब्यतिहरुले सगरमाथा आरोहणको विभिन्न कृतिमान (रेकर्ड)हरु बनाउदै आएका छन् ।

यस्तैमा सोलुखुम्बुकी निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चीन तर्फबाट सगरमाथाको चुचुरोमा छोटो समयमा पुग्ने पहिलो महिला बन्न सफल भएकी छिन ।

निमाले यही मे २४ तारिखको बिहान १०ः०५ बजे चीन तर्फबाट सगरमाथाको छोटो समयमा सफल आरोहण गरेकी क्लाइबालय ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए । क्लाइबालय निर्देशक मिङ्माले नै उनलाई सगरमाथा चढ्नका लागि आवश्यक बन्दोबस्तीका सामानहरु ,लाग्ने सम्पूर्ण शुल्कहरुको साथै अरु खर्चको ब्यबस्था गरिदिएका हुन् ।

बि. स. २०४५ साल जेठमा सोलुखुम्बुको नाम्चे–५ साम्देमा जन्मेकी निमाले सन् २०१९ देखि ट्रेकिङ क्षेत्रमा काम गर्दै आएकी र यसअघि उनले लोबुचे पिक, आइल्याण्ड पिक र रामदुङ पिकको सफल आरोहण गरिसकेकी छिन् ।

१० दिनमै सगरमाथाको चुचुरोमा पुग्छु, रेकर्ड राख्छु भन्ने केही त्यस्तो योजना नरहेको र सगरमाथाको चुचुरोमा १० दिनमा पाइला टेकेर ११ औं दिनमा सगरमाथा आधार शिविरमा आइपुगेको शेर्पाले बताइन् । नेपालीहरुको सहयोगमा विदेशीहरुले हिमाल आरोहणको क्षेत्रमा नयाँ(नयाँ कीर्तिमान राख्ने भए पनि पछिल्लो समय निमा जस्तै निडर ब्यतित्वहरुले गर्दा नेपालीहरुले पनि रेकर्ड राख्न सफल भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT