Techie IT
२०८२ वैशाख ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक- २०८१’ प्रस्तुत

प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक- २०८१’ प्रस्तुत


काठमाडौँ । प्रतिनिधिसभामा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रस्तुत भएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई प्रस्तुत गरेका हुन् ।

नेपालमा लगानीको वातावरणलाई सहज बनाउ नीतिगत सुधार र कानुन परिमार्जन गर्न आवश्यक भएकाले उक्त अध्यादेश जारी भएको मन्त्री भण्डारीले बताए ।

मन्त्री भण्डारीले विधेयकमा स्टार्टअप उद्योग दर्ता, उद्योगको सञ्चालनको म्याद, थप विदेशी लगानी तथा प्रविधि हस्तान्तरण गर्ने विषयमा थप स्पष्टता,करारमा वस्तु उत्पादन गर्ने विषय र विशेष आर्थिक क्षेत्रका उद्योगले पाउने सहुलीयतलाई वृद्धि गरिएको बताए ।

लगानीलाई सहज बनाउन जग्गा प्राप्ति गर्ने विषयमा सहजता कायम गर्ने, बन क्षेत्रमा प्राकृतिकता प्राप्त उद्योग स्थापना गर्ने विषयलाई सहज बनाउने, सरकारको स्वीकृत लिइ हकबन्दीभन्दा बढी ५० प्रतिशतसम्म उद्योगको क्षमता वृद्धि गर्न धितो राख्ने व्यवस्था गरिएको मन्त्री भण्डारीको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT