काठमाडौँ । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद–२ः भष्मे डन’ ओटीटीमा रिलिज भएको छ । यो चलचित्र शनिबारबाट ‘सिनेमाघर एप’मा रिलिज भएको हो ।
‘पशुपति प्रसाद–२ः भष्मे डन’ हेर्न १९९ रुपैयाँ तिर्नुपर्नेछ ।
दीपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्रमा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक मुख्य भूमिकामा छन् ।
चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटीको पनि विशेष भूमिका छ ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् ।
यो चलचित्रको सफलतासँगै ‘पशुपति प्रसाद–३’ निर्माणको घोषणा पनि गरिएको थियो ।