Techie IT
२०८१ कात्तिक २, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिअन्धाधुन्ध भइरहेको विनाश नियन्त्रण गर्न सांसद शर्माको सुझाव

अन्धाधुन्ध भइरहेको विनाश नियन्त्रण गर्न सांसद शर्माको सुझाव


काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अन्धाधुन्ध भइरहेको विनाश नियन्त्रण गर्न सुझाव दिएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्री समेत रहेका शर्माले आगामी पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने किसिमले अन्धाधुन्ध भइरहेको विनाश नियन्त्रण गर्न सरकारलाई सुझाव दिएका हुन् ।

‘आजको विकासको भोक मेट्न, भोलिको पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढङ्गले अन्धाधुन्ध विनाश नियन्त्रण गरौँ,’ सांसद शर्माले भने ।

त्यस्तै उनले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरणसम्बन्धी संशोधित ऐन, ०७५ बमोजिम व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद शर्माले बाढीपछि बैठक नभई उद्धारमा जुट्न आग्रह गरे । जलवायु परिवर्तन, भौतिक विकासका लागि जंगलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग आदि कारणले नेपाल प्राकृतिक प्रकोपले ग्रसित भएको उल्लेख गर्दै भूगर्भविद्हरूले औंल्याएका जोखिमपूर्ण बस्तीहरू स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्नुपर्ने उनको सुझाव थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम

सिन्धुपाल्चोक । ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा २८ मिनेटमा दौड पूरा गर्दै प्रथम भएकी छिन् ।

रवि पक्राउ पर्न सक्ने विपक्षी दलहरूको बैठकमा चर्चा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा विपक्षी दलहरुको बैठकमा रवि लामिछाने बारे चर्चा भएको छ । बैठकमा

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि गेष्टहाउस सञ्चालक पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि फरार रहेका गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको टोखा नगरपालिका २६ नयाँबसपार्कमा

प्रतिपक्षी दलको बैठकमा सरकारमा भएका दलका नेताहरु पनि उपस्थित

काठमाडौँ । प्रतिपक्षी दलहरूको बैठकमा सरकारमा भएका दलका नेताहरु पनि उपस्थित भएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको

सुनको भाउ तोलाको १ लाख ६४ हजार ४ सय रुपैयाँ…

काठमाडाैँ । सुनको भाउले लगातार कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च

चलचित्र ‘कर्मा’ चैत २९ मा रिलिज हुने, विपीन कार्की मुख्य…

काठमाडौँ । चलचित्र ‘कर्मा’ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले जानकारी

Techie IT