Techie IT
२०८१ असोज ६, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थश्रमाधान रोजगार मेला आज समापन हुँदै

श्रमाधान रोजगार मेला आज समापन हुँदै


काठमाडौँ । सरकारले गएको १७ गतेदेखि शुरु गरेको श्रमाधान रोजगार मेला आज समापन हुँदैछ । कोशी प्रदेशको विराटनगरबाट शुरु भएको मेला आज बाग्मती प्रदेशको ललितपुरमा समापन हुन लागेको हो । ललितपुरको पाटन बहुमुखी क्याम्पसमा हिजोदेखि श्रमाधान रोजगार मेला भइरहेको छ । मेलामा विभिन्न ८० स्टल रहेका छन् ।

सरकारले रोजगारदाता र श्रमिकबीच सम्बन्ध जोड्ने उद्देश्यले देशका सात वटै प्रदेशमा मेला गरेको हो । यसअघि कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेला सम्पन्न भइसकेको छ ।

कोशीको विराटनगरमा गएको जेठ १७ र १८ मा, मधेशको जनकपुरमा जेठ १९ र २० मा, गण्डकीको पोखरामा जेठ २१ र २२ मा, लुम्बिनीको बुटवलमा जेठ २३ र २४ मा, कर्णालीको सुर्खेतमा जेठ २५ र २६ मा तथा सुदूरपश्चिमको धनगढीमा जेठ २७ र २८ मा मेला भएको हो ।

मेला अन्तर्गत अहिलेसम्म १० हजारभन्दा धेरै युवाले रोजगारीका लागि आवेदन दिएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यसमध्ये एक हजार युवालाई रोजगारी सुनिश्चित भएको र १६ सय भन्दा धेरैलाई विभिन्न उद्योग प्रतिष्ठानले रोजगारीका लागि अन्तर्वार्तामा बोलाएको मन्त्रालयको भनाई छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रा लिका पूर्व सञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५

मन्त्री भण्डारी र भुटानीमन्त्री छिरिङबीच भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भूटानी ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङबीच शिष्टाचार भेट भएको

इक्यानले १५ औं शैक्षिक मेला आयोजना गर्दै

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले १५ औं शैक्षिक मेला आयोजना गर्ने भएको छ । इक्यानले सोमबार पत्रकार सम्मेलन

काठमाडाैँ महानगरद्वारा २ महिनामा १ सय १४ मन्दिर, १ सय…

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौँमा

काठमाडौँ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे नेपाल भ्रमणमा आएका छन् । राजापाक्षे पत्नीसहित भुटानको राजधानी थिम्पु हुँदै आज दिउँसो काठमाडौं

५९ अङ्कले घटेर शेयर बजार २५ सय २९ विन्दुमा

काठमाडाैँ । शेयर बजार आज उच्च अङ्कले घटेको छ । हिजो ११ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ५९

Techie IT