Techie IT
२०८१ चैत्र २०, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालविदेश पठाउने भन्दै १५ करोड ठग्ने गिरोह पक्राउ

विदेश पठाउने भन्दै १५ करोड ठग्ने गिरोह पक्राउ


काठमाडौँ । वैदेशिक रोजगारी पठाइदिने बहानामा १५ करोड रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिकाका २८ वर्षीय राजकुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिकाका २२ वर्षीय नविन बिक र पोखरा महानगरपालिकाका २३ वर्षीय पवन पन्त छन् ।

उनीहरूले केही वर्षदेखि ३०० भन्दा बढीलाई वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै १५ करोड रकम ठगी गरेको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिए ।

उनका अनुसार उनीहरूले कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा पठाई दिन्छु भन्दै तीन सय जन भन्दा बढी व्यक्तिबाट करिब १५ करोड रकम ठगी गरेका हुन् ।

पक्राउ परेका दुवै जनाले फेसबुक, म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै आकर्षक तलब, भत्तासहितको विज्ञापन सार्वजनिक गरी त्यसको सम्पर्कमा आउने व्यक्तिलाई विभिन्न व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेका थिए ।

उक्त जम्मा भएको रकम चेकमार्फत निकाल्न लगाएर उनीहरूले भने बमोजिमका व्यक्तिलाई भेटेर नगदै दिन लगाई तथा विभिन्न खातामा कारोबार गराएर ठगी गर्दै आएका थिए ।

यति मात्रै नभएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा नवीन चौधरी समेत १५ जनाको निवेदन तथा जाहेरी दर्खास्त परेको थियो भने विकास राणा समेतको जाहेरीमा वैदेशिक रोजगार ठगी मुद्दामा धरौटी तिर्न नसकेर अहिले कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका राजुकुमार बस्नेतले पनि ठगी सम्बन्धी कसुरमा जाहेरी गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डिशहोमले इजभिजको वाइफाइ आइपी क्यामेरा बिक्री गर्ने

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा

भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा १७ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरात राज्यमा एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

Techie IT