Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिदेशरभरिका सामुदायिक कलेज चल्न नसक्ने स्थिति भएकोले मर्जर प्रक्रियाअघि बढाउनुपर्छः सांसद पौडेल

देशरभरिका सामुदायिक कलेज चल्न नसक्ने स्थिति भएकोले मर्जर प्रक्रियाअघि बढाउनुपर्छः सांसद पौडेल


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले देशरभरिका सामुदायिक कलेज चल्न नसक्ने स्थिति भएको भन्दै मर्जर प्रक्रियाअघि बढाउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि भएको छलफलमा बोल्दै उनले उच्च शिक्षा ऐन चाँडोभन्दा चाँडो ल्याउन अनुरोध गरे । उनले शिक्षा मन्त्रालयले असान्दर्भिक र बुझ्न नसक्ने विषयलाई अघि बढाएको बताए ।

श्रम र कृषिसँग शिक्षाको महत्त्व भएको भन्दै उनले प्राविधिक शिक्षाले पुलको काम गर्ने बताए । सांसद पौडेलले ७५३ पालिकामै फरक फरक विषयमा प्राविधिक शिक्षा अघि बढाउनुपर्ने र प्राविधिक शिक्षा आधुनिकीकरण गर्नुपर्ने उल्लेख गरे ।

शिक्षामन्त्री सुमना श्रेष्ठप्रति लक्षित गर्दै उनले मन्त्रालयले ३७ हजार विद्यालय नियमन, व्यवस्थापन र परिचालनको काम गर्नुपर्ने भए पनि नकारात्मक विषयमात्र चर्चा हुने गरेको उल्लेख गरे । उनले शिक्षकमाथि लाग्ने आरोप सत्य नभएको भन्दै शिक्षकको अनावश्यक डीएनए परीक्षण गर्ने विषय राम्रो नभएको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

Techie IT