Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलसन्दिप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्ट इन्डिज पुगे

सन्दिप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्ट इन्डिज पुगे


काठमाडौँ । विश्वकप टी–२० क्रिकेट खेल्न सन्दिप लामिछाने वेष्ट इंडीज पुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने नेपालको अन्तिम दुई खेल खेल्ने जानकारी दिएको हो ।

नेपालले समुहका अन्तिम दुई खेलमा दक्षिण अफ्रिका र बंगलादेशको सामना गर्नेछ । ती खेलहरुका लागि सन्दिप क्यारेबियन मुलुक ‘सेन्ट भिन्सेन्ट’ पुगिसकेका छन् । सन्दिप कुन बाटो भएर त्यहाँ पुगे भन्ने क्यानले खुलाएको छैन । किंग्सटाउनमा हुने खेलका लागि नेपाली टोलीमा सन्दिपलाई आवद्ध गराइएको छ ।

यसअघि अमेरिकाले भिसा नदिएपछि सन्दिप अमेरिका जान पाएका थिएनन् । विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले डालसमा नेदरल्याण्ड्सको सामना गरेको थियो भने दोस्रो खेल पर्सि अमेरिकाकै फ्लोरिडामा खेल्दैछ ।

त्यसपछि नेपाली टोली किंग्सटाउन पुग्नेछ । विश्वकप आयोजना गरिरहेका वेष्ट इंडीजका देशहरुले विश्वकपमा कुनै पनि खेलाडीलाई भिसा नलाग्ने व्यवस्था गरेकोले सन्दिपको भ्रमण सहज भएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT