गृहपृष्ठ ∕ खेल ∕ अन्तिम खेलमा सहज जित निकाल्दै फ्रेन्ड्स रेलिगेशनबाट बच्योअन्तिम खेलमा सहज जित निकाल्दै फ्रेन्ड्स रेलिगेशनबाट बच्यो नेपालीपत्र शुक्रबार, २०८० जेठ २६ गते, १७:२६ मा प्रकाशित खेल काठमाडौँ। फ्रेन्ड्स क्लब कुपन्डोल शहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेशनबाट बचेको छ। शुक्रबार दशरथ रंगशालामा भएको खेलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबमाथि सहज जित निकालेपछि फ्रेन्ड्स रेलिगेसनबाट बचेको हो।लिगको अन्तिम खेलमा फ्रेन्ड्सले एपिएफलाई ४–० ले पराजित गर्यो।खेलको १५औं मिनेटमा टोरिक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए। ३१औं मिनेटमा बिकास थापाले गोल गर्दै फ्रेन्ड्सको अग्रत दोब्बर पारे। ७१औं मिनेटमा रफिक अमिनुले गोल गरे भने ८२औं मिनेटमा एखरोरबेकले गोल गर्दै फ्रेन्ड्सलाई ४–० को सानदार जित दिलाए ।जितसँगै फ्रेन्ड्सले २६ खेलबाट ३० अंक जोडेको छ। पराजित एपिएफलाई भने रेलिगेसनको खतरा कायम छ। समान ३० अंक नै रहेपनि एपिएफ ‘हेड टु हेड’मा फ्रेन्ड्सभन्दा पछि छ। शनिबार हुने खेलमा थ्री स्टारले जावलाखेललाई पराजित गरे एपिएफमा पर्नेछ। बराबरी वा हार व्यहोरे थ्री स्टार रेलिगेसनमा पर्नेछ। #फ्रेन्ड्स क्लब कुपन्डोलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमाधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई ३ सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह ४ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु ७ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिनेThe Film Nepal