Techie IT
२०८१ चैत्र ३०, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबागमतीका नवनियुक्त ६ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ ग्रहण

बागमतीका नवनियुक्त ६ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ ग्रहण


हेटौँडा। बागमती प्रदेशमा नवनियुक्त ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आइतबार अपराह्न बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाँच विभागीय र एक विनाविभागीय मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्।

नेपाली कांग्रेसबाट पुकार महर्जनले पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशीले स्वास्थ्य र मसिना खड्काले वन तथा वातावरण मन्त्रीको शपथ ग्रहण गरेका हुन्।

त्यस्तै, एकीकृत समाजवादीका लक्ष्मण लम्सालले श्रम तथा यातायात र डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको शपथ लिए।

कांग्रेस प्रदेश संसदीय दलका उपनेता समेत रहेका रामकृष्ण चित्रकारको भने मन्त्रालय तोकिएको छैन। दलहरूबीच छलफल गरी केहि दिनमै आफूले पाउने मन्त्रालयको टुंगो लाग्ने चित्रकारले बताए।

बागमतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत पाएको दुई महिनापछि सरकारले पूर्णता पाएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT