Techie IT
२०८१ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियामा एक्सिस ब्याण्ड र साकारकाे कन्सर्ट हुने

अष्ट्रेलियामा एक्सिस ब्याण्ड र साकारकाे कन्सर्ट हुने


सिड्नी । अष्ट्रेलियामा एक्सिस ब्याण्ड लगायतका संगितकर्मीहरुको कन्सर्ट हुने भएको छ । गायक तथा संगीतकार कालीप्रसाद बासकोटा, र्यापर साकार र एक्सिस व्याण्डले अष्ट्रेलियाका आठ सहरमा कन्सर्ट गर्ने भएका हुन् ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीई) नेटवर्कको व्यवस्थापन तथा अष्ट्रेलियाको स्थानीय आयोजक हुल्या इभेन्ट्स एण्ड स्ट्रेट आउटा हिमालयजको आयोजनामा काली, साकार र एक्सिसले कन्सर्ट गर्न लागेका बुधबार पत्रकार भेटघाटमार्फज जानकारी दिइएको छ ।

स्थानीय आयोजकका अनुसार एक्सिसले ‘रोड टु २४–अष्ट्रेलिया टुर’ नामक कन्सर्ट जुलाई ३ देखि आठ सहरमा कन्सर्ट गर्नेछ । व्याण्डले सात वर्षपछि अष्ट्रेलियामा कार्यक्रम गर्न लागेको हो ।

गत फेब्रुअरी १४ मा व्याण्डले चितवनको सौराहामा आठ हजार दर्शकमाझ कन्सर्ट गरेको थियो । व्याण्डमा सन्दिप विश्वकर्मा (भोकल), अमूल्य श्रेष्ठ (ड्रम) छन् भने गीतारमा निखिल सिकर्मी, रोशन लामा र सजिन महर्जन छन् । उनीहरुले अष्ट्रेलिया टुरअघि यही जुनमा लाइभ शोमार्फत ‘घर गाउँ’ र ‘पाइला’को अफिसियल म्युजिक भिडियो सार्वजनिक गर्दैछन् ।

‘लिटिल बुद्ध’का रुपमा परिचित र्यापर साकारले अष्ट्रेलियाबाट ‘डेब्यू’ सांगीतिक टुर गर्न लागेका हुन् । उनी अगष्ट १० देखि अष्ट्रेलियाका आठ सहरमा कन्सर्ट गर्दैछन् । उनको टिममा क्यारे महर्जन (ड्रमर) र निरज बराइली (सुट डिरेक्टर एण्ड कन्सोल हेड) रहनेछन् । क्यारे नेपाली संगीत क्षेत्रमा चिनिएका र अनुभव ड्रमर हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ

सिड्नीमा गजल मुशायरा हुँदै

सिड्नी । अष्ट्रेलियामा एक दशकअघिबाट सुरु भएको गजल मुशायराको नयाँ संस्करण आगामी २२ सेप्टेम्बरमा सिड्नीमा हुने भएको छ । साहित्यकार

अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख)मा विजयादशमी मनाउनुपर्ने जनाएको छ ।

अष्ट्रेलियाको मेलबर्नमा युद्धविरोधी प्रदर्शनमा झडप

सिड्नी । अष्ट्रेलियाको मेलबर्नमा भएको युद्ध विरोधी प्रदर्शनमा प्रहरीसँग झडप हुँदा दर्जनौं व्यक्ति पक्राउ परेका छन् । अष्ट्रेलियाको दोस्रो ठूलो

अष्ट्रेलियाको राजदूतका लागि चित्रलेखाको नाम सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा

सिड्नीका नेपाली व्यवसायी राजमान थकालीको निधन

सिड्नी । सिड्नीका नेपाली व्यवसायी राजमान थकालीको निधन भएको छ । सिड्नीस्थित मुग्लान नेपाली रेष्टुरेन्टका सञ्चालक थकालीको शनिबार राति निधन

Techie IT