गृहपृष्ठ ∕
नेपाल ∕
मोदीको प्रधानमन्त्री पदको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निम्तो मोदीको प्रधानमन्त्री पदको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निम्तो
काठमाडौँ । तेस्रो पटक भारतको प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निमन्त्रणा आएको छ । शनिबार हुने शपथ ग्रहण कार्यक्रममा सहभागिताका लागि प्रधानमन्त्री दाहाललाई निमन्त्रणा आएको हो ।
प्रधानमन्त्री प्रचण्ड पनि भारतीय जनता पार्टी (भाजपा)का मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली जाने तयारीमा लागेको बुझिएको छ ।
सन् २०१४ देखि मोदी लगातार दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेका थिए । केही दिनअघि सम्पन्न लोकसभा निर्वाचनको मतपरिणामअनुसार मोदी पुनः तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको हो ।
लोकसभा निर्वाचन परिणाम आएपछि मोदीले बुधबार राजीनामा दिँदै मन्त्रिपरिषद भंग गरेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी