Techie IT
२०८१ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिजसपा नेपालका नेता नै महाधिवेशन रोक्न लागेको भन्ने भ्रममा नपर्न बस्नेतको आग्रह

जसपा नेपालका नेता नै महाधिवेशन रोक्न लागेको भन्ने भ्रममा नपर्न बस्नेतको आग्रह


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जसपा नेपालका नेता नै महाधिवेशन रोक्न लागेको भन्ने प्रायोजित भ्रममा नपर्न आग्रह गरेका छन् ।

पार्टीको राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै प्रमुख बस्नेतले जसपा र जसपा नेपालबारे सर्वोच्च अदालतले गरेको निर्णयबारे जानकार रहन अनुरोध गरेका छन् ।

‘अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गर्ने निर्वाचन आयोगको मिति २०८१ बैशाख २४ गतेको निर्णयलाई सर्वोच्च अदालतले यथास्थितिमा राख्नू भनि मिति २०८१ जेठ २ गते अल्पकालिन अन्तरिम आदेश दिएको छ भने उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको महाधिवेशन रोक्न जनार्दनप्रसाद यादव र भीमबहादुर राई (जो जसपा नेपालका हैनन्)ले दिएको रिट निवेदन सर्वोच्च अदालतले २०८१ जेठ २० गते दरपिठ गरिदिएको छ । यससँगै विधिवत् रुपमा आयोजना हुन लागेको जसपा नेपालको राष्ट्रिय महाधिवेशन भव्य रुपमा सफल हुने,’ बस्नेतले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नु परेकाले

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषदको बैठक शुक्रबार बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बस्ने बैठक साँझ ५ बजेका

अमेरिकामाथि नेपालको जित

काठमाडौँ । नेपालले पहिलो टी-२० आई शृंखलामा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । शुक्रबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे

प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले विपक्षी दलहरूको बैठक बोलाएका छन् । बैठक

उपचुनावका लागि निर्वाचन अधिकृतको कार्यालय तय

काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि निर्वाचन अधिकृतको कार्यालय रहने ठाउँ तोकेको छ ।

घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतले

Techie IT