गृहपृष्ठ ∕
नेपाल ∕
आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणा नियुक्त आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणा नियुक्त
काठमाडौँ । नेपालका निम्ति आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणालाई नियुक्त गरिएको छ । उनको नियुक्तिसँगै काठमाडौँमा नयाँ महावाणिज्य दूतावासको उद्घाटन गरिएको छ ।
उक्त अवसरमा होटेल याक एन्ड यतीमा आयोजित विशेष कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महावाणिज्यदूत राणाले नेपालको प्रसिद्ध क्षेत्रको प्रचारप्रसार र अरू स्थानको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नवनियुक्त महावाणिज्यदूत राणाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन र नेपालमा औद्योगिक र प्राविधिक क्षेत्रको विकासमा आइसल्यान्डको सहयोगका निम्ति महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । नयाँ अवैतनिक वाणिज्यदूतको हैसियतमा नेपाल र आइसल्यान्डबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन भूमिका खेल्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा अवैतनिक वाणिज्यदूतहरू, सरकारी अधिकारीलगायत ३०० भन्दा बढी व्यक्ति उपस्थित भएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी
इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास
वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार
तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका
टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको