Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंसदमा योगेश भट्टराईले गरे मेयर बालेन शाहको चर्को आलोचना

संसदमा योगेश भट्टराईले गरे मेयर बालेन शाहको चर्को आलोचना


काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको चर्को आलोचना गरेका छन् । एमाले सचिव समेत रहेका सांसद भट्टराईले मंगलबारको
प्रतिनिधिसभा बैठकमा बोल्दै मेयर शाहलाई आफू काठमाडौँ महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिएका हुन् ।

मेयर शाहले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्षको नाम लिएर सामाजिक संजालमा ‘गिरिबन्धु टी–स्टेट प्रकरण’मा नीतिगत भ्रष्टाचार भएको आरोप लगाएपछि संसद बैठकमा बोल्दै सांसद भट्टराईले काठमाडौँका प्रमुखले संमयता गुमाउँदै गएको आरोप लगाए ।

२०५४ सालमा एमालेले काठमाडौँ महानगरको चुनाव जितेपछि सभ्य सहर बनाउने अभियान थालेको भन्दै पछिल्लो पटक विद्यासुन्दर शाक्यजी आएपछि रानीपोखरी, कमलपोखरी, दरबार स्क्वायर पुनर्निर्माणको काम गरेको बताए ।

‘काठमाडौं महानगरका प्रमुखलाई हामी सहयोग गर्न तयार छौँ । काठमाडौं फोहोर व्यवस्थापन र चोक चोकमा सांस्कृतिक सहर एमालेले बनाएको हो । अहिले पनि बालेनजीलाई म भन्न चाहन्छु पैसा कति चाहियो सरकारले दिन तयार छ । सरकारले दिन्छ । प्रधानमन्त्री अर्थमन्त्री र सम्बन्धित मन्त्रीलाई भनौँला । काठमाडौँलाई अझै सुन्दर बनाउने योजना के छन्, आउनुस्,’ सांसद भट्टराईले भने, ‘उत्तेजना फैलाएर हुँदैन । तपाईंमार्फत् लाखौँ युवाहरूले भविष्य खोजेका हुन् । तर पछिल्लो दिनमा जसरी जाँदै हुनुहुन्छ त्यसले ती युवाहरूलाई धोखा हुन्छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT