नेपाल बंगबन्धु कप कबड्डीमा उपविजेता
काठमाडौँ । बंगबन्धु कप कबड्डीमा नेपाली टिम उपविजेता बनेको छ । सोमबार प्रतियोगिताको फाइनल खेलमा घरेलु टिम बंगलादेशविरुद्ध ४५–३१ ले पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको हो ।
बंगलादेशको राजधानी ढाकामा भएको फाइनलको दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि हार टार्न सकेन । खेलको पहिलो हाफमा बंगलादेशले २४–१० को अग्रता बनाएको थियो । दोस्रो हाफमा २१–२१ को बराबरी अंक जोडे पनि पहिलो हाफको सहज अग्रताका कारण बंगलादेशले उपाधि घरमै राखेको हो ।
प्रतियोगितामा बंगलादेश अपराजित रह्यो । यसअघि समूह चरणको खेलमा पनि नेपाल बंगलादेशसँग ४६–३१ ले पराजित भएको थियो । दुवै टिम समूह ‘ए’ बाट फाइनलमा आएका हुन् । नेपालले समूह चरणका पाँचमध्ये चार खेलमा जित निकाल्दा बंगलादेश भने शतप्रतिशत नतिजासहित सेमिफाइनलमा आएको थियो ।
सेमिफाइनलमा नेपालले केन्यामाथि टाइब्रेकरमा जित निकाल्दा बंगलादेशले थाइल्यान्डविरुद्ध ४१–१८ को सहज जित निकालेको थियो । सन् २०२१ देखि सुरु भएको प्रतियोगिताको हालसम्म चार संस्करण आयोजना हुँदा चारै संस्करणको उपाधि बंगलादेशले जितेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई