सिड्नी । अष्ट्रेलियाको तास्मानियास्थित होबार्टमा लाइभ दोहोरी हुने भएको छ । बि एण्ड बी र दिदीबहिनी इभेन्टले जुन ७ तारिख होबार्टमा लाइभ दोहोरी सांगितिक कार्यक्रमको आयोजना गरेको हो ।
शुक्रबार साँझ ५ बजेबाट दि चोक नेप्लिज फस्ट पप होबार्टमा लाइभ दोहोरी कार्यक्रम हुने लोक दोहोरी प्रतिष्ठान अष्ट्रेलियाकी वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष बिन्दु पौडेलले जानकारी दिइन् ।
होबार्टमा हुने लाइभ दोहोरीका लागि कलाकारहरू रमेश बिजी, गणेश गुरुङ, दिपकराज विश्वकर्मा, आवृत्ति भुसाल, शोभा कार्की, कोपिला मगर, गायक तथा संगितकार रोशन रेग्मी र गोविन्द मधुर आचार्य होबार्ट आउने उपाध्यक्ष पौडेलले जानकारी दिइन् ।
नेपाली कला सांस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।