Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलकीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीका लागि आवास बनाउँछौं: खेलकुदमन्त्री श्रेष्ठ

कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीका लागि आवास बनाउँछौं: खेलकुदमन्त्री श्रेष्ठ


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिने बताएका छन् । बिहीबार कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण एवं अवलोकनका लागि कीर्तिपुर पुग्नुभएका खेलकुदमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

खेलकुदमन्त्री श्रेष्ठले अन्य देशहरुमा मुख्य मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिएको हुने भन्दै नेपालले पनि सोही अनुभवबाट सिक्दै खेल मैदान आसपासको क्षेत्रमा नै खेलाडी आवास निर्माण गर्न होटल व्यवसायी संघ (हान)सँग आग्रह गर्ने बताए । यसले खेलाडीहरुलाई मैदानमा अभ्यास गर्न जान पनि सहज हुने उनको विश्वास छ ।

खेलकुदमन्त्री श्रेष्ठले फ्लड लाइट जडानको कुरा केही प्राविधिक र प्रशासनिक त्रुटीका कारण रोकिरहेको भन्दै आगामी आर्थिक वर्षका लागि २० करोड रुपैयाँ छुट्याइएको बताए । उनले संरचनालाई सुदृढीकरण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा अन्य राष्ट्रलाई संरचना बनाउँदै प्रतिष्पर्धामा आउँदैछौँ भन्ने किसिमको सन्देश दिन लागेको बताए । उनले कीर्तिपुर क्रिकेट मैदानमा खानेपानी, शौचालयको समस्या समाधानका लागि पहल शुरु गर्ने पनि बताए ।

क्यानका सचिव पारस खड्काले पूर्वाधारको कुरा गर्दा अबको ५ महिनासम्म अन्तर्राष्ट्रिय नरहेकाले क्रिकेट पूर्वाधार बनाउने काममा आफूहरु लागिसकेको बताए । उनले क्रिकेट पिचलाई व्यवस्थित गर्ने, मैदान पुग्ने दर्शकलाई छुट्याएर पुरुष र महिला शौचालय निर्माण गर्ने, भिआईपी क्षेत्रमा स्ट्रक्चर प्लान गर्ने सोच रहेको बताए । उनले स्कोर बोर्डको टेण्डर पास भएको र फ्लड लाइटको पनि ४५ दिनसम्ममा टेण्डर सकिएर काम शुरु हुने आशा रहेको बताए ।

सो अवसरमा खेलकुदमन्त्री श्रेष्ठले क्रिकेटर सन्दीप लामिछानेसँग पनि भेट गरे थियो । उनले लामिछानेसँग सरकारले विश्वकप खेल्न पठाउनका लागि कुटनीतिक पहल गरेको र विश्वकप खेल्न जान पाउनेमा आशावादी रहेको बताए ।

नेपालले आईसिसि टि २० विश्वकप २०२४ मा भाग लिँदैछ । जसका लागि नेपाल एक महिनाअघि नै अमेरिका र वेस्टइण्डिज पुगेर त्यहाँका विभिन्न क्लव र विश्वकप अगाडिको खेलहरु खेलिसकेको छ । नेपालले विश्वकपको वार्मअपमा यसअघि क्यानडासँग खेलिसकेको छ भने अमेरिकासँग आज खेल्दैछ । विश्वकप जुन २ तारिकबाट अमेरिका र वेस्टइण्डिजमा शुरु हुँदैछ । जसमा नेपालले भने जुन ४ मा नेदरल्याण्ड्ससँग खेलेर विश्वकपको शुरुवात गर्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्

नेपालले श्रीलंकासँग तेस्रो अभ्यास खेल आज खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको तेस्रो अभ्यास खेल आज (शुक्रबार) हुँदैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार

पाँचौ ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटीलाई

काठमाडौँ । द ब्रिटिस कलेजको आयोजनामा सम्पन्न पाँचौ संस्करणको ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटी कलेजले जितेको छ

महिला फुटबल लिगमा कोशी र बागमती तथा कर्णाली र वालिङ…

काठमाडौं । राष्ट्रिय महिला लिगमा बिहीबार दुई खेल आयोजना हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा बागमती युवा क्लब

महिला लिग फुटबलको दोस्रो चरणका खेल आजदेखि हुँदै

काठमाडाैँ । एन्फा महिला लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् । दोस्रो चरणको पहिलो खेलमा आज बागमती प्रदेश

एनसेलले पलेसालाई १० लाख नगदसहित सम्मान गर्ने

काठमाडौँ । एनसेलले पेरिस पारालिम्पिक्स–२०२४ मा देशका लागि पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेसा गोबर्धनलाई १० लाख नगद पुरस्कारसहित

Techie IT