Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएकीकृत समाजवादी कांग्रेससँगको समीकरणमा नजाने प्रधानमन्त्रीको दाबी

एकीकृत समाजवादी कांग्रेससँगको समीकरणमा नजाने प्रधानमन्त्रीको दाबी


विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादी नेपाली कांग्रेससँगको समीकरणमा नजाने दाबी गरेका छन् ।

विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले माधव नेपाल एमाले–माओवादीकै गठबन्धनमा रहने दाबी गरेका हुन् । अध्यक्ष नेपालसँग आफ्नो कुरा भइरहेको बताउँदै प्रधानमन्त्रीले सो दाबी गरेका हुन् ।

अध्यक्ष नेपाल बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको प्रतिपक्ष दलको बैठकमा सहभागी भएका थिए । सो बैठकमा सहभागी भएको बारे बिभिन्न आशंका भइरहेको बेला प्रधानमन्त्री प्रचण्डले भने प्रमुख प्रतिपक्ष दल काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रूपले नलिएको प्रतिक्रिया दिए ।

माधव नेपालसँग कुराकानी भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘आज बिहानमात्रै पनि मेरो उहाँसँग कुराकानी भएको थियो । कुराकानीका क्रममा नेपालले समीकरणभन्दा बाहिर नजाने भनेर स्पष्ट पार्नुभएको छ ।’

त्यस्तै, प्रचण्डले मधेश प्रदेश सरकार पनि गठबन्धनकै बन्ने दाबी गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT