Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलक्यानका अध्यक्ष चन्द श्रीमतीसहित अमेरिका प्रस्थान

क्यानका अध्यक्ष चन्द श्रीमतीसहित अमेरिका प्रस्थान


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

१५ खेलाडी र १० अफिसियल गरी २५ सदस्यीय टोलीले विश्वकपमा औपचारिक रूपमा सहभागिता जनाउँदै छ। अध्यक्ष चन्द बुधबार श्रीमतीसहित अमेरिकाका लागि उडेका हुन् । क्यानले विश्वकपका लागि मिडियाबाट कुनै प्रतिनिधिलाई समावेश नगराई १० सदस्यीय अफिसियल टोली बनाएको छ ।

क्यानले आईसीसीलाई बुझाएको १० अफिसियल टोलीमा अध्यक्ष चन्दसँगै मुख्य प्रशिक्षक मोन्टी देसाई, सहायक प्रशिक्षक वसन्त शाही ठकुरी, क्रिकेट कन्सल्टेन्ट नन्दन फाद्निस, बलिङ कन्सल्टेन्ट रड इस्टविक, एनालिस्ट रमण शिवाकोटी, फिजियो विक्रम न्यौपाने, फिटनेस ट्रेनर अब्दुल सतार, व्यवस्थापकमा प्रदीप मजगैयाँ र टिम लिडर दिवाकर घले रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT