Techie IT
२०८१ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलअभ्यास खेलमा नेपाल क्यानडासँग पराजित

अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित


काठमाडौं । आईसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । अमेरिकाको डल्लासमा रहेको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा गएराति भएको खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो ।

क्यानडाले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा एक सय २० रनमा समेटियो । नेपालका कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । क्यानडाका डिलन हेलिगर एक्लैले ४ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो । उसका निकोलस किर्टनले सर्वाधिक ५२ रन बनाएका थिए ।

नेपालले अब दोस्रो अभ्यास खेलमा अमेरिकासँग पर्सि बिहिवार खेल्नेछ । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गरेको विश्पकप जुन २ तारिखदेखि शुरु हुदैछ । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

साफ महिला च्याम्पियनसिप आजदेखि

काठमाडौँ । संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान,

भिसाको पर्खाइमा सन्दीप लामिछाने !

काठमाडौँ । नेपालले अमेरिकामा पर्सीबाट त्रिकोणात्मक टी-२० र र त्यसपछि एक दिवसीय सिरिज खेल्दैछ । तर, टीमका प्रमुख स्पिनर सन्दीप

साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टिम घोषणा

काठमाडौँ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले वुमेन्स साफ च्याम्पियनसिप २०२४ का लागि सोमबार २३ सदस्यीय टिम घोषणा गरेका छन् ।

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ ।

महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको

साफ महिला च्याम्पियनशिपमा २७ सदस्यीय टोली घोषणा

काठमाडाैँ । साफ महिला च्याम्पियनशिपका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । ४० खेलाडीसहित प्रारम्भिक चरणको अभ्यास थालेका

Techie IT