Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसहकारी प्रकरणमा ठोस धारणा बनाउन कांग्रेसले बोलायो वर्तमान र पूर्वपदाधिकारीको बैठक

सहकारी प्रकरणमा ठोस धारणा बनाउन कांग्रेसले बोलायो वर्तमान र पूर्वपदाधिकारीको बैठक


काठमाडौँ । नेपाली कांग्रेसले सहकारी प्रकरणमा ठोस धारणा बनाउन कांग्रेसले वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।

कांग्रेस सांसद जीवन परियारका अनुसार दिउँसो १ बजे सभापति शेरबहादुर देउवा निवासमा बैठक बस्न लागेको हो । उक्त बैठकले सहकारी प्रकरणका सम्बन्धमा ठोस धारणा तय गर्ने उनले बताए ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ। यसका सम्बन्धमा संसदीय छानबिनको माग गर्दै आएको छ ।

कांग्रेसले लामिछानेको नाम नै राखेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान लिंदै आएको छ ।

नाम राख्न नसके गोर्खा मिडियाको नाम राख्ने विकल्पमा कांग्रेससहितका नेताहरुका बीचमा छलफल चलिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेताहरुको बिहान बसेको बैठक विना निष्कर्ष टुंगिएको छ । ‘सत्ता पक्षको प्रस्ताव मान्न सकिने छैन । प्रधानमन्त्री अत्यन्तै सकारात्मक लाग्नुभएको छ,’ कांग्रेस सांसद परियारले भने, ‘समग्र सत्ता पक्षको अल्झाइरहने जस्तो देखिन्छ । प्रधानमन्त्रीले दुबै पक्षको राय लिनु भएको छ । उताबाट आएको कुरा पनि हामीलाई पर्याप्त छैन ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

Techie IT