काठमाडौँ । संसदको अवरोध खोल्ने प्रयासयमा प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षको बैठक शुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने प्रयास जारी राख्दै बैठक बोलाएका हुन् ।
छलफलमा सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुसमेत छन् ।
छलफलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् ।
यसैगरी नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र सहमहामन्त्री जीवन परियार सहभागी छन् ।