गृहपृष्ठ ∕
राजनीति ∕
कोशीमा गैर शान्तिपूर्ण र अराजक गतिविधि भए राज्यले छुट दिँदैनः गृहमन्त्री कोशीमा गैर शान्तिपूर्ण र अराजक गतिविधि भए राज्यले छुट दिँदैनः गृहमन्त्री
काठमाडौँ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा गैर शान्तिपूर्ण र अराजक गतिविधि भए राज्यले छुट नदिने बताएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन्।
शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना नेताहरूमाथि कोशीमा आक्रमण भइरहेकोमा विरोध गर्दै गृहमन्त्रीसँग जवाफ मागेको थियो।एमाले सांसद योगेश भट्टराईले राज्यले एमाले नेताहरूमाथि सुरक्षा नदिए एमालेले नै सुरक्षाको व्यवस्था मिलाउने चेतावनी दिएका थिए।
गृहमन्त्री श्रेष्ठले कोशीमा भइरहेका घटनाबारे आफूले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरेको गृहमन्त्रीको भनाइ छ।
‘घटनाका दोषीलाई पहिचान गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘यस्ता घटनाप्रति सरकार दुःख व्यक्त गर्दछ।’ एमाले नेता र उपसभामुखलाई कार्यक्रममा जाँदा बिहीबार प्रहरीले स्कटिङ गर्दै सुरक्षासमेत दिएको गृहमन्त्री श्रेष्ठले बताए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४
एजेन्सी । उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ
काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन
काठमाडाैँ । काठमाडाैँ लगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०
पाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन्