Techie IT
२०८१ असार २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेसनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित

नेसनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित


काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी र मधेश प्रदेशका करिब ८० जना अभिकर्ताहरूलाई सम्मान गरेको छ ।

इटहरीस्थित होटल सोल्टी वेस्टेन्डमा एक कार्यक्रमको आयोजना गरी नेसनल अवार्ड अन्तर्गत नेसनल रत्न छनोट हुन सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नेशनल अवार्ड विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाले सम्मान गरेका हुन् ।

अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभरबाट नेशनल रत्नमा उत्साहजनक रुपमा अभिकर्ताहरु छनोट हुन सफल भएको उनले बताए । अभिकर्ता सम्मान कार्यक्रम अन्य प्रदेशमा पनि छिट्टै आयोजना गरिने उनले बताए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई बजार विभाग प्रमुख विवेक शर्माले व्यावसायिक अभिकर्ता उत्पादन गर्न कम्पनीले ल्याउने यस प्रकारको योजनाहरू प्रभावकारी हुने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

काठमाडौँ । राष्ट्रिय सभाबाट आउँदो आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान

आज सुनको मुल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । विहिबार सुनको मुल्य तोलामा १६ सयले बढेर तोलाको १

शेयर बजार सामान्य बढ्यो

काठमाडौँ । शेयर बजार आज सामान्य बढेको छ । दिनभर उतारचढावका बीच शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ७९

बुधबार सुनको मुल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मुल्य तोलामा ४०० ले बढेर तोलाको १

सुनको मुल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार सुनको मुल्य तोलामा एक सयले बढेर तोलाको

शेयर बजार १६ अङ्कले बढ्याे

काठमाडौँ । शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अङ्कले बढेर २

Techie IT