Techie IT
२०८१ मंसीर १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंसदीय छानबिन समितिमा दलहरूबीच सहमति हुन सकेन

संसदीय छानबिन समितिमा दलहरूबीच सहमति हुन सकेन


काठमाडौँ । सहकारीको रकम ठगीको विषयमा छानबिन गर्ने संसदीय समितिको बारेमा दलहरूबीच आइतबार पनि सहमति हुन सकेको छैन ।

बिहानैदेखि दुईपक्षीय र बहुपक्षीय छलफल भए पनि दलहरूबीच सहमति हुन नसकेको हो । छानबिन समिति बनाउनका लागि कार्यादेश तय गर्न दलहरूबीच हिजै कार्यदल गठनको सहमति भएको थियो । तर कार्यदलले आज पनि कार्यादेश टुङ्गो लगाउन सकेन ।

नेपाली कांग्रेसले संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेकै नाम जोडेर अनुसन्धान हुनुपर्ने अडान लिएको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीले भने लामिछानेको नाम उल्लेख हुन नहुने र समस्याग्रस्त सबै सहकारीको एकमुष्ट छानबिन हुनुपर्ने बताएको छ ।

बिहान भएको छलफलमा छानबिन समितिमा गृहमन्त्री लामिछानेको नाम उल्लेख नगर्ने तर उहाँ संलग्न भएको सहकारीको नाम उल्लेख गर्ने सहमति भएको थियो । तर दिउँसो नेपाली कांग्रेसले आन्तरिक बैठक बसेर रवि लामिछानेकै नाम किटान गरेर अनुसन्धान हुनुपर्ने अडान दोहोर्‍याएपछि सहमति हुन नसकेको हो ।

दलहरूबीच सहमति हुन नसक्दा आज पनि संसद् बैठक स्थगित भएको छ ।

दलहरूबीच सहमति नजुटेकाले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची पनि प्रभावित हुने देखिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ: मन्त्री पौडेल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शय्याका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताएका छन् । आज आयोजित

सर्वाेच्चद्वारा दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं । सर्वाेच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्तगर्ने अस्वीकार गरेको छ । प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी

रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने

भैरहवा । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)

गाई काटिएको विरोधमा झापामा प्रर्दशन

काठमाडौं । झापाको कनकाईमा गाई काटिएको विषयलाई लिएर स्थानीयले विरोध प्रदर्शन गरेका छन् । घटनाको विरोधमा पूर्वपश्चिम राजमार्गसमेत केही समय

बाँसको झ्याङमा ७ क्विन्टल लसुन भेटियो

झापा । मेचीनगर नगरपालिका –६ बाट स्थानीय प्रशासनले ७ क्विन्टल लसुन बरामद गरेको छ । बाँसको झ्याङमा लुकाएको ३ लाख

इजरायल र लेबनानबीच युद्धविरामको सहमति

काठमाडौँ । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो

Techie IT