Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनजेठ १६ देखि शिल्पी थिएटरमा नाटक ‘अग्निचक्षु’ मञ्चन हुने

जेठ १६ देखि शिल्पी थिएटरमा नाटक ‘अग्निचक्षु’ मञ्चन हुने


काठमाडौँ : नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ ।

साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन हुने यो नाटक जीवित देवी कुमारीको विषयमा आधारित छ ।

संस्कृतिभित्र लुकेका धार्मिक, सामाजिक, ऐतिहासिक तथा जीवन दर्शनका कुराहरू समेटेर नाटक तयार भएको लेखक चन्द्रप्रसाद पाण्डेय बताउछन् । उनी भन्छन् “ कला र संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति हो । यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो । राज्य तथा नारी शक्ति पुञ्जको रूपमा कुमारीलाई सबैले मान्दै आएको परम्परा नेपालको धरोहर सम्पदा हो । गौतम बुद्धको जन्मथलो, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश अनि जीवित देवी कुमारी पुज्ने देशको रूपमा नेपाल विश्वमा परिचित छ, त्यसैले पनि संस्कृतिमाथि काम गर्ने क्रममा हामीले यस पटक यो विषयमा नाटक तयार पारेका हौं ।”

त्यस्तै नाटकका परिकल्पनाकार तथा निर्देशक झकेन वि सी कुमारीको ऐतिहासिक विषयवस्तुमाथि नाटक बनाउन पाउँदा आफू धेरै खुसी भएको बताउँछन् ।

नाटकमा कलाकारहरू मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धिरज थापा मगर, शान्ता प्रजापति, राजेन्द्र डंगोल, चक्र प्रसाद पोखरेल रहेका छन् । सङ्गीत परिकल्पना तथा संयोजन अनुप तिमिल्सिनाको रहेको छ भने अनुपसँगै प्रत्यक्ष सङ्गीतमा शर्मिला गुरुङ, इन्द्रमान महर्जन, प्रतीक प्रजापति रहेका छन् भने कोरियोग्राफी जे.डी. तमुको रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हरिवंश आचार्य र प्रकाश सपुतको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने

काठमाडौँ । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले रिलिज डेट घोषणा गर्दै

‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

काठमाडौँ । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम

काठमाडौँ । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज

Techie IT