Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअप्रिल महिनामा अष्ट्रेलियाबाट ४ हजार पर्यटक नेपाल आए

अप्रिल महिनामा अष्ट्रेलियाबाट ४ हजार पर्यटक नेपाल आए


काठमाडौँ । पछिल्लो केही महिनायता नेपालमा विदेशी पर्यटकहरुको आगमन बढेको छ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको हो ।

पर्यटन बोर्डको अनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो । सन् २०२३ को अप्रिलमा कूल ९८ हजार ७७३ विदेशी पर्यटक आएकोमा सन् २०२४ को सोही अवधिमा १ लाख ११ हजार ३७६ पर्यटक आएका हुन् ।

बोर्डका अनुसार सन् २०२२ को अप्रिलमा ६१ हजार पाँच सय ८९, सन् २०२१ मा २२ हजार ७३२, सन् २०२० मा १४ र सन् २०१९ मा १ लाख ९ हजार ३९९ पर्यटक नेपाल आएका थिए ।

नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय पर्यटक ३० हजार १५८, अमेरिकी पर्यटक ९ हजार ९४७, चिनियाँ ९ हजार ७५० विदेशी पर्यटक नेपाल आएका छन् । साथै बेलायतबाट ५ हजार ३९१ पर्यटक नेपाल आए ।

त्यस्तै, अष्ट्रेलियाबाट ४ हजार ११०, बङ्गलादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७५५, जर्मनीबाट ३ हजार २७०, रसियाबाट २ हजार ९७७ र मलेसियाबाट २ हजार ३१० पर्यटक नेपाल आएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सेप्टेम्बरमा अष्ट्रेलियाको पर्थमा नेपाल महोत्सव

सिड्नी । अष्ट्रेलियाको पर्थमा नेपाल महोत्सव हुने भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा अष्ट्रेलियाका सहरहरुमा गर्दै

सभापति देउवासँग अस्ट्रेलियन राजदुतको बिदाई भेट

काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग विदाई भेटवार्ता गरेकी छिन्

अष्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च

सिड्नी । अष्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी भएको पाइएको छ । ‘अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’को अनुसन्धानले

अष्ट्रेलियामा एक्सिस ब्याण्ड र साकारकाे कन्सर्ट हुने

सिड्नी । अष्ट्रेलियामा एक्सिस ब्याण्ड लगायतका संगितकर्मीहरुको कन्सर्ट हुने भएको छ । गायक तथा संगीतकार कालीप्रसाद बासकोटा, र्यापर साकार र

अष्ट्रेलियाको न्युनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने

सिड्नी । अष्ट्रेलियाको न्युनतम पारिश्रमिक जुलाईको शुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ ।

अष्ट्रेलियाको आर्थिक वृद्धिदर सुस्त

क्यानबेरा। अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस)ले बुधबार

Techie IT