Techie IT
२०८१ पुस ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालअनलाइन सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा युवक पक्राउ

अनलाइन सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा युवक पक्राउ


काठमाडौँ । अनलाइन सट्टेबाजी बेटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर ८ स्थायी घर भई भक्तपुर बस्दै आएका २४ वर्षका अनिल ढुंगाना छन् ।

उनले विभिन्न माध्यमबाट २ अर्ब १ करोड बढीको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ । ढुंगानाले अनलाइन सट्टेबाजी माध्यम एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा सट्टाबाजी गर्न रकम लगाउने, संकलन गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनीसँग विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।

उनले अनिल साहको नामबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्डसमेत बनाएको पाइएको सोमबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्र

गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । हाल कालोपत्रका

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु

झापामा शून्य खनजोत प्रविधि बाट मकैखेती

झापा । झापामा शून्य खनजोत प्रविधि बाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम अन्तर्गत यहाँको तीन

मनाङमा भूकम्पको धक्का

काठमाडौं । मनाङमा भूकम्प गएको छ । आज बिहान ७ : ३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित काठमाडाैँबाट चार जना पक्राउ

काठमाडाैँ । काठमाडाैँबाट प्रहरीले स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडाैँ महानगरपालिका–३२ दोभानपुलका

त्रि.वि.को जग्गा छानबिन समितिकाे प्रतिवेदन कार्यान्वयन गछौँ: शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदनको कार्यान्वयन गर्ने पक्षमा

Techie IT