Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘कमेडी दरबार’ असार १४ बाट प्रसारणमा आउने

‘कमेडी दरबार’ असार १४ बाट प्रसारणमा आउने


काठमाडौँ । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ आगामी असार १४ गतेबाट प्रसारणमा आउने भएको छ । बिक्की अगरवाल र श्रृद्धा प्रसाईंले निर्देशन गर्ने यो शो प्राइभ टाइम टेलिभिजनमा प्रत्येक शुक्रबार ९ बजे र ओएसआर डिजिटल बाट प्रसारण हुने बताइएको छ ।

आइतबार फस्टलुक टिजर सार्वजनिक गरियो । जसमा कमेडी दरबारका कलाकारहरुको लुक्स देखाइको थियो । कार्यक्रममा चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला, कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी, प्राइम टाइम टेलिभिजनका ऋषी धमला लगायतले शुभकामना दिएका थिए । कमेडीको दुनियामा अर्को नयाँ शो थपिदा आफूलाई निकै खुसी लागेको दीपाश्रीले बताइन् । उनले बजारमा अझै फरक सोंचका साथ यस्तै शोहरु आउनुपर्ने धारणा राखिन् ।

यस्तै बिशाल भण्डारीले आफूहरुसँगै काम गरेका भाईहरुले नयाँ शो ल्याउदा सबैभन्दा खुसी आफूलाई लागेको भन्दै शुभकामना दिए । पत्रकार ऋषि धमलाले ‘कमेडी दरबार’लाई प्राइम टेलिभिजनबाट प्रसारण गर्न पाउनु आफ्नो लागी खुसीको कुरा र भोलीका दिनमा टेलिभिजनमा अन्य यस्तै फरक शो र दर्शकको मनमा बस्ने शो ल्याउने जानकारी दिए । कार्यक्रममा प्राइम टाइम टेलिभिजनका सिईओ बिकाश लामिछाने, प्रबन्ध निर्देशक एलिना गौतम, ओएसआर डिजिटलका ओम अग्रवाल, सुमित्रा थापाको पनि उपस्थिती थियो ।

यसपटक बिक्कीले शोको निर्देशन मात्र गर्ने र शोमा नदेखिने जानकारी गराए । उनले भने, ‘म खासमा शोमा देखिने खालको मान्छे होइन, मलाई पर्दा पछाडी नै बसेर काम गर्न अझ मज्जा आउँछ । त्यसैले यो पटक म शोको निर्देशन मात्र गर्ने सोंचमा छु ।’

कमेडी दरबारका कलाकार मध्येकी एक अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा देखिदैछिन् । उनले कमेडीको क्षेत्रमा नयाँ सोंच भएका युवाहरुसँग काम गर्न पाउँदा खुसी लागेको र दर्शकले फरक स्वाद पाउने बताइन् । उनीसँगै अभिनेता बिजय बराल, अभिनेत्री नम्रता सापकोटा, नम्रता श्रेष्ठ, पबित्रा शाकी (मिस पबि)सँगै कमेडीयनहरु हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाल लगायतले आफ्नो भूमिका बारे जानकारी गराएका थिए ।

शोमा अर्का कलाकार गायक सिडी बिजय अधिकारी भने सांगितीक कार्यक्रमका लागी देश बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन सकेनन् । शोको आर्टिष्ट म्यानेजमेन्ट तथा मिडिया संयोजनको भूमिकामा गोपिकृष्ण चापागाईं रहेका छन् ।

शोको क्रिएटिभ प्रमुखमा बिकाश अर्याल रहेका छन् भने प्रोडक्सनमा आयुष लुईटेल छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT