Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीमहर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न

महर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न


काठमाडौँ । महर्षि धनञ्जयगोत्री समाज नेपालले आइतबार काठमाडौँमा आयोजना गरेको दोस्रो स्थापना दिवस तथा धनञ्जय गोत्रीय राष्ट्रिय भेलाले धनञ्जयगोत्रीहरुको इतिहास उत्पत्ती आदिका विषयमा थप खोज तथा अनुसन्धान अगाडि बढाउने निर्णय गरेको छ ।

भेलामा नेपालमा धनञ्जय गोत्रका ४५ धरहरु रहेको र भारतका विभिन्न स्थानमा ५४ थर रहेको जानकारी दिदै हाल सो समाजमा १९ थरका प्रतिनिधि सहभागी रहेको र अन्य थरका व्यक्तिलाई पनि क्रमशः अवद्ध गर्दै लगिने जानकारी गराइयो ।

सहभागीहरुले विभिन्न पेशा वा बासस्थान आदिका कारण एउटै गोत्रभित्र धेरै थरहरु भए पनि आफ्ना आदिम पुर्खाहरु एउटै परिवारबाट आएका भएकाले त्यसको बारेमा खोज र अनुसन्धान गरी नयाँ पुस्ताहरुलाई ज्ञानहस्तान्तरण गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

समाजका सयोजक नेपाल सरकारका पूर्व सचिव युवराज भुषालको सभापत्विमा सम्पन्न भेलाले समाजलाई आगमी दिनमा कसरी थप व्यबस्थित र चुस्त बनाउने भन्ने विषयमा कार्ययोजना पारित गर्दै वर्षमा कम्तिमा एक पटक बन्धुहरुको भेला आयोजना गर्ने निर्णय गरेको छ ।

देशका विभिन्न जिल्लाबाट आउनु भएका प्रतिनिधिहरुले धनञ्जय गोत्र भित्रका विभिन्न थरसँग सम्बिन्धित समाजका प्रतिनिधिहरुले कतिपयको बंशावली तयार भई सकेको र केहीको तयारीको क्रममा रहेको जानकारी गराएका थिए । सो अवसरमा महर्षि धनञ्जय गोत्रीय बंशको चिनारी नामक पुस्तकको विमोचन गरिएको थियो




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडाैँ । काठमाडाैँ लगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू

खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

पाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन्

चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमय

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ ।

Techie IT