Techie IT
२०८१ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायतमा जन्मजातै कान नसुन्ने एक बालिकाको उपचार सफल

बेलायतमा जन्मजातै कान नसुन्ने एक बालिकाको उपचार सफल


लणडन । बेलायतमा जन्मजात रूपमै कान नसुन्ने एक बालिकाको उपचार सफल भएर कान सुन्न थालेकी छिन् । ‘ग्राउन्डब्रेकिङ जिन थेरापी’ नामको उपचारपछि बालिकाले कान सुन्न थालेको र बहिरोपनको उपचारमा यो ऐतिहासिक उपलब्धि भएको बीबीसीले जनाएको छ ।

ओपल स्यान्डी नाम गरेकी बालिकालाई जन्मिएको एक वर्ष पुग्नै लाग्दा उपचार गरिएको थियो । उपचार गरेको छ महिनापछि उनले नरम आवाजहरू मात्र सुन्ने गरेकोमा अहिले पूरै सुन्न थालेको खबरमा उल्लेख छ । चीनलगायत अन्य देशका डाक्टरहरूले पनि ओपलको जिन थेरापी जस्तै समान उपचार पद्धतिकाे खोजी गरिरहेका छन् ।

उपचार सम्भव भएकी बालिका ओपलका आमाबुबाले यो उपचार पहलो पटक आफ्नी छोरीमा परीक्षण गर्दा शुरुमा डर लागेको तर अहिले भने चामत्कारिक नतिजा आएको भन्दै खुशी व्यक्त गरेका छन् ।

डाक्टरहरूले जिन थेरापीको उपचार सफल हुनु निकै उत्साहको खबर भएको र जन्मजात कान नसुन्ने अरू बालबालिकामा पनि उपचार शुरु गर्नुपर्ने बताएका छन् । यस्तो उपचार बालबालिका तीन वर्ष नपुग्दै मात्र गर्न सकिने डाक्टरहरूले बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्यु

रोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२

समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड

स्कटल्याण्ड । समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको

प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासको अनुरोध

काठमाडाैँ । केही दिनदेखि बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ

बेलायतमा गत हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा चार सय जनाभन्दा…

एजेन्सी । बेलायतमा गएको हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा अहिलेसम्म चार सय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् । नेशनल

बेलायतमा प्रदर्शन चर्कदैे

एजेन्सी । बेलायतमा हालै भएको छुरा आक्रमणको विरोधमा आन्दोलन चर्कदैे गएको छ । बेलायतका विभिन्न शहरमा भेला भएको प्रदर्शनमा हजारौं

बेलायतमा छुरा प्रहारको विरुद्धमा प्रदर्शन

एजेन्सी । बेलायतमा भएको छुरा प्रहारको घटनाको विरोधमा भएको प्रदर्शनका क्रममा ३९ जना प्रहरी घाइते भएका छन् । मंगलबार बेलायतको

Techie IT