Techie IT
२०८१ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थनिजी क्षेत्रको मनोबल उच्च बनाउने गरी बजेट ल्याउछौँः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी बजेट ल्याउछौँः अर्थमन्त्री पुन


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेट निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले काठमाडौँमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा उनले सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन प्रशासनिक,आर्थिक नीति नियम र व्यावसायिक वातावरण बनाउने गरी छलफल गरेर असहज भएको ठाउँमा सहज बनाउने काम गरिरहेको बताए ।

अर्थमन्त्री पुनले लगानी सम्मेलनअघि कानुनी अफ्ठ्यारो हटाउन आठ वटा कानुन संशोधन गरेको भन्दै त्यसबाट केही सहज वातावरण बनेको बताए । सरकारले एकल निर्णय गर्ने अधिकार भए पनि निजी क्षेत्रलाई सहभागिता गराएर नीतिगत व्यवस्था गर्ने गरेको उनको भनाइ छ ।

मन्त्री पुनले औद्योगिक क्षेत्रका अन्य विषयलाई सरकारले बजेटमार्फत सहजीकरण गर्ने बताए । उनले सरकारको सोच लगानी र व्यवसायीमैत्री वातावरण बनाउने भएको उल्लेख गरे ।

सरकारको नीतिभन्दा बाहिर राष्ट्र बैंक नभएको भन्दै अर्थमन्त्री पुनले सरकारको नीतिअनुसार अगाडि बढ्नुपर्ने धारणा राखे । उनले राष्ट्र बैंकसँग अर्थ मन्त्रालय सहकार्य गरेर नीतिहरू ल्याउने काम गरिरहेको बताए ।

अर्थमन्त्री पुनले सरकारले पुँजीगत खर्च बढाउने कोशिश गरिरहेको दाबी पनि गरे । उनले स्रोतमा सीमितता भएकाले सरकार र निजी क्षेत्रले खर्च गरेको आधारमा चार दशमलव पाँच प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा रहेको उल्लेख गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठाइयो

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय-परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। विधेयकमाथि

सुनको भाउमा नयाँ कीर्तिमान

काठमाडौं । तीजको दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी

इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूलाई स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । इन्टरनेट सेवा

शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति

काठमाडौँ । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका

शेयर बजार आज पनि घट्यो

काठमाडाैँ । शेयर बजार आज पनि घटेको छ । हिजो ९० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १२

सुनको मूल्य चार दिनदेखि स्थिर

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य चार दिनयता स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार

Techie IT