सर्वदलीय बैठक निष्कर्षविहीन

शीर्ष नेताको बैठक
काठमाडौँ, २५ वैशाख ः सभामुख देवराज घिमिरेको आव्हानमा मङ्गलबार सिंहदरबारमा संसदको बजेट अधिवेशनको सम्बन्धमा बसेको शीर्ष नेताको बैठक। तस्बिर ः प्रदिपराज वन्त÷रासस
काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । बजेट अधिवेशनमा संसद् अवरोध हटाउन सभामुख घिमिरेले मंगलबार बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको हो ।
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको अडान कायमै राखेपछि बैठक विना निष्कर्ष सकिएको हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीमाथि प्रश्न उठेपछि र उजुरी नै दर्ता भएको अवस्थामा संसदीय छानबिन समिति बनाउनुपर्ने विषय आफूहरूको ‘बटमलाइन’ भएको बताए तर, कांग्रेसको यो अडानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू असहमत भए ।
बजेट अधिवेशन आउँदो शुक्रवारदेखि शुरु हुँदैछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि
काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका
मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम